तुइनखोला पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने



बुटवल
नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर रोकथामको काम अघि बढाउन लागेको हो । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि यसको नियन्त्रणका लागि विभिन्न प्रविधि प्रयोग गर्न लागिएको हो ।

पहिरो रोकथामका लागि ठूला ढुङ्गा हटाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यसैगरी, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) समेत प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिनेछ । पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले जानकारी दिए ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा रोकथामको काम गरिएको थियो । तर, कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा आवागमन सहज बनाउन काम रोकिएको शर्माले बताए ।

उनका अनुसार सडकको अवस्था हेर्दा पहिरो रोकथामको काम सम्पन्न गर्न कम्तीमा १५ दिन सडक बन्द गर्नुपर्ने देखिएको छ । प्राविधिक मूल्याङ्कनपछि कामका लागि आवश्यक समय निर्धारण गरिने उनले बताए ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सम्पन्न हुने र पर्सिदेखि राजमार्ग सञ्चालनमा आउने शर्माले जानकारी दिए । घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइनेछ ।

काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नारायणगढ–मुग्लिङ सडक बन्द हुँदा यात्रुलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै प्रशासनले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

काठमाडौंहोल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा भक्तपुरको बोडेमा आश्रय लिइरहेका सुकुम्बासी परिवारको द...
तुइनखोला पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

तुइनखोला पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

बुटवलनारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुन...
बुटवल खाना महोत्सव, पर्यटनबाट बुटवलमा आर्थिक समृद्धिको विश्वास

बुटवल खाना महोत्सव, पर्यटनबाट बुटवलमा आर्थिक समृद्धिको विश्वास

बुटवलमौलिक खानाका परिकारका पस्कने गरि बुटवलमा पाँच दिने खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देह...
दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

बुटवलदिवाकर स्मृति प्रतिष्ठान नेपालले स्वर्गीय केशव ज्ञवालीद्वारा लिखित नियात्रासंग्रह ‘उज्यालो युरोप’ विमोचन गर्नुका साथै दि...