समाज

सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा उनीहरुलाई त्यहाँ पुर्‍याइएको थियो ।   उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ । ...
रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा  रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्  । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् । लामिछानेको सचिवालयले  १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय  तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै ...
विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा परामर्श उपसमितिले तयार पारेको सहमतिको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन् । उपसमितिले शिक्षक बढुवा प्रक्रिया तीनवटा आधारमा गर्ने प्रस्ताव अघि सारेको छ। साथै, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि आवश्यक न्यूनतम अंक घटाएर ८० बनाउने सुझाव पनि सोही प्रस्तावमा समावेश गरिएको छ । शिक्षक महासंघसँग सम्बन्धित व्यवस्थामा पनि परामर्श उपसमितिले स्पष्ट सन्देश दिएको छ । महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा तिनीहरूको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ। यस्तै, महासंघको सदस्यताका आधारमा कुनै अतिरिक्त सेवा-सुविधा वा जिम्मेवारीबाट छुट नपाउने व्यवस्था पनि प्रस्तावमा उल्लेख छ । न...
लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयक छलफलमा उनले लुम्बिनी विकास कोषले केही कामहरु गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताए । उनले भने, “कोषले काम गरेको छ, तर अपेक्षाअनुुसार भएको छैन, आगामी दिनमा लुम्बिनी क्षेत्रलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना छ ।” लुम्बिनी क्षेत्रको समग्र विकासको निम्ति सबैभन्दा पहिला सङ्घीयतापछि स्थानीय तह र प्रदेशलाई पनि समावेश गरेर ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कानुन परिवर्तन गर्ने विषयमा काम भइरहेको मन्त्री पाण्डेले बताए । उनले भने, “लुम्बि...
विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्री ओलीको जोड

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्री ओलीको जोड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
आवाजा (तुर्कमेनिस्तान) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए । 'यसै वर्ष जुनमा हामीले पारित गरेको सेभिया प्रतिबद्धताको कार्ययोजनाले पनि पूर्वाधार निर्माण, स्मार्ट व्यापार, कोरिडोरमा लगानी, यातायात र रसद उद्योगको विकास, व्यापार र भन्सार प्रक्रियालाई डिजिटलाइज गर्ने विषयलाई महत्त्व दिएको छ । यसको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि बलियो प्रतिबद्धता आवश्यक पर्दछ', प्रधानमन्त्री ओलीले भने, 'यी उपायको इ...
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने भएको छ ।  अमेरिकन सहयोग एमसिसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो । नेकपाको एमसिसी सरोकार समितिका संयोजक भरत सीले साउन ३० गते देशका मुख्य सहरमा एमसिसी विरुद्ध जनप्रदर्शन गर्न लागेको जनाएका छन्।   ‘एमसिसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसिसी लाद्नु घातक छ । एमसिसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। ...
गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज, स्थानीय
बुटवल गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ। सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए। प्रहरीका अनुसार बिहान ११:४५ बजेको समयमा खोलाले कारलाई करिब ५० मिटर तल पुर्‍याएको थियो। डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा यो सडक खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सडक डिभिजन कार्यालय पाल्पामार्फत डहरे खोला लगायत अन्य खोलामा पुल निर्माणको काम भइरहेको जनाइएको छ। ...
रोटरी तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक उपचारबारे अभिमुखिकरण

रोटरी तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक उपचारबारे अभिमुखिकरण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
तिलोत्तमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक चिकित्सा पद्धतीमा आधारित उपचारबारे अभिमुखिकरण गरिएको छ । क्लवको शनिबार भएको साप्ताहिक नियमित बैठकमा होमियोप्याथिक चिकित्सा पद्धतीका माध्यमबाट गरिने उपचारका बारेमा क्लवका पदाधिकारी सदस्यहरुलाई जानकारीमुलक अभिमुखिकरण गरिएको हो ।कार्यक्रममा भैरहवाको साईराम होमियोप्याथिकका होमियोप्याथिक डा. सञ्जय करणले होमियोप्याथिक चिकित्सा पद्धती, यसको सरुवात र विकासक्रमका बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा उहाँले लामो खोज र अनुसन्धानपछि सन् १७९६ मा जर्मनबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्धती अरु उपचार पद्धती भन्दा राम्रो भएको दावी गर्नुभयो । उहाँले ६८ वटा रोगमा अनुसन्धान गरेर प्रमाणित भएको होमियोप्याथिक उपचार पद्धती जती विकास हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै उहाँले भारतमा अलि धेरै विकास भएपनि नेपालमा कोशी प्रदेशमा अस्...
‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन: रामहरि खतिवडा नैतिक जिम्मेवार

‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन: रामहरि खतिवडा नैतिक जिम्मेवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ संघीय निजामती सेवा विधेययकमा कुलिङ अफ पिरियडलाई निष्रभावी बनाउने शब्द कसले घुसायो भन्नेबारे अध्ययन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठकले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ। छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको हो। दुई दिन, दुई रातको छलफलपछि मंगलबार बिहान सवा ४ बजे सहमति जुटेको हो। ‘समिति सभापति र सचिव यसमा मुख्य जिम्मेवार हुने भन्ने भाषा लेखिएको छ। अन्यको हकमा विषयगत र प्रत्यक्ष संलग्न भएकाहरू पनि यसका जिम्मेवार हुन भन्ने भएको छ,’ समितिका ती सदस्यले भने। समितिका ती सदस्यले सभापतिको हैसियतले खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको निष्कर्षसहित प्रतिवेदन तयार भएको जानकारी दिए। उनले भने, ‘कानुनअनुसार हस्ताक्षर गर्ने उहाँ (खतिवडा) हो। उहाँ...
नियत राम्रो राखेको छु नतिजा राम्रो आउनेछ: प्रमुख जिल्ला अधिकारी पाण्डे

नियत राम्रो राखेको छु नतिजा राम्रो आउनेछ: प्रमुख जिल्ला अधिकारी पाण्डे

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डाक्टर टोकराज पाण्डेले आफूले नियत राम्रो राखेकोले जिल्लावासीको साथ सहयोगले नतिजा राम्रो आउनेमा विश्वस्त रहेको बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय भैरहवामा पत्रकारसँगको परीचयात्मक कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो सेवा प्रवाहमा रुचि भएकोले जिल्लाको सुशासन र सेवा प्रवाहमा राम्रो परिणाम आउनेमा विश्वस्त रहेको बताए। उनले नियमसंगत हुने कामहरूलाई दुःख नदिने र गर्न नमिल्ने कामलाई भनीसुनिएका आधारमा नगर्ने बताए । रुपन्देही नेपाल -भारतको सिमा क्षेत्र भएकाले सिमा क्षेत्रमा हुनसक्ने विकृतिमा चनाखो भई लाग्ने बताए। सँगै रूपन्देही हरेक हिसाबले देशकै महत्वपूर्ण जिल्ला भएकोले सोही अनुसार कार्य सम्पादन गर्ने बताए।उनले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुने मिति तय भइसकेकोले निर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष र भयरहित वाताव...