गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

बुटवल

गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ।

सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए।

प्रहरीका अनुसार बिहान ११:४५ बजेको समयमा खोलाले कारलाई करिब ५० मिटर तल पुर्‍याएको थियो। डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा यो सडक खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

सडक डिभिजन कार्यालय पाल्पामार्फत डहरे खोला लगायत अन्य खोलामा पुल निर्माणको काम भइरहेको जनाइएको छ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...