गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो


बुटवल

गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ।

सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए।

प्रहरीका अनुसार बिहान ११:४५ बजेको समयमा खोलाले कारलाई करिब ५० मिटर तल पुर्‍याएको थियो। डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा यो सडक खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

सडक डिभिजन कार्यालय पाल्पामार्फत डहरे खोला लगायत अन्य खोलामा पुल निर्माणको काम भइरहेको जनाइएको छ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...