विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत


काठमाडौं

विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा परामर्श उपसमितिले तयार पारेको सहमतिको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन् ।

उपसमितिले शिक्षक बढुवा प्रक्रिया तीनवटा आधारमा गर्ने प्रस्ताव अघि सारेको छ। साथै, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि आवश्यक न्यूनतम अंक घटाएर ८० बनाउने सुझाव पनि सोही प्रस्तावमा समावेश गरिएको छ ।

शिक्षक महासंघसँग सम्बन्धित व्यवस्थामा पनि परामर्श उपसमितिले स्पष्ट सन्देश दिएको छ । महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा तिनीहरूको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ। यस्तै, महासंघको सदस्यताका आधारमा कुनै अतिरिक्त सेवा-सुविधा वा जिम्मेवारीबाट छुट नपाउने व्यवस्था पनि प्रस्तावमा उल्लेख छ ।

निजी विद्यालयहरूसँग सम्बन्धित पूर्ण छात्रवृत्तिको व्यवस्थामा समेत परिमार्जन प्रस्ताव गरिएको छ । अबदेखि निजी लगानीमा सञ्चालित विद्यालयले शिक्षा सम्बन्धी प्रचलित कानुनअनुसार तोकिएको छात्रवृत्तिलाई नै पूर्ण छात्रवृत्तिका रूपमा उपलब्ध गराउनु पर्नेछ ।

विद्यालय शिक्षा विधेयक गत २२ असारमै पारित गर्ने तयारी थियो। तर शिक्षक महासंघका मागहरूमा फरक प्रस्तावहरू आउँदा शिक्षामन्त्री रघुजी पन्तले सहमतिको लागि समय मागेका थिए । त्यसपछि समितिले थप पाँच दिनको समय दिई छलफललाई निरन्तरता दिएको हो ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...