नियत राम्रो राखेको छु नतिजा राम्रो आउनेछ: प्रमुख जिल्ला अधिकारी पाण्डे


रूपन्देही
रुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डाक्टर टोकराज पाण्डेले आफूले नियत राम्रो राखेकोले जिल्लावासीको साथ सहयोगले नतिजा राम्रो आउनेमा विश्वस्त रहेको बताएका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय भैरहवामा पत्रकारसँगको परीचयात्मक कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो सेवा प्रवाहमा रुचि भएकोले जिल्लाको सुशासन र सेवा प्रवाहमा राम्रो परिणाम आउनेमा विश्वस्त रहेको बताए।

उनले नियमसंगत हुने कामहरूलाई दुःख नदिने र गर्न नमिल्ने कामलाई भनीसुनिएका आधारमा नगर्ने बताए । रुपन्देही नेपाल -भारतको सिमा क्षेत्र भएकाले सिमा क्षेत्रमा हुनसक्ने विकृतिमा चनाखो भई लाग्ने बताए। सँगै रूपन्देही हरेक हिसाबले देशकै महत्वपूर्ण जिल्ला भएकोले सोही अनुसार कार्य सम्पादन गर्ने बताए।
उनले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुने मिति तय भइसकेकोले निर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने धारणा राखे।
पाण्डेले सबै क्षेत्रलाई मर्यादित बनाउने काम पनि सोही क्षेत्रमा आबद्ध व्यक्तिहरूको हुनाले विश्वासनीयतालाई महत्व दिँदै सञ्चार क्षेत्र संग समन्वय गरी अगाडि बढ्ने र कार्यालयबाट सही सूचना सही समयमा उपलब्ध गराउन आफू कटिबद्ध रहेको धारणा राखे।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना तथा अयोध्या प्रसाद भण्डारी,प्रशासकीय अधिकृत विक्रम थापा लगायतले सेवा प्रवाहमा महत्व दिने धारणा राखेका थिए।

पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाल, कोषाध्यक्ष नरेश केसी ,पत्रकारहरू कमल रायमाजी ,राधेश्याम भण्डारी, टिआर शर्मा ,दीपक घिमिरे लगायतले आज प्रमुख जिल्ला अधिकारीका रूपमा स्वागत गर्याेै, कार्यकाल पूरा हुँदा कुशल प्रमुख जिल्ला अधिकारीका रुपमा बिदाई गर्न पाइयोस् भनी शुभकामना दिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...