नियत राम्रो राखेको छु नतिजा राम्रो आउनेछ: प्रमुख जिल्ला अधिकारी पाण्डे


रूपन्देही
रुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डाक्टर टोकराज पाण्डेले आफूले नियत राम्रो राखेकोले जिल्लावासीको साथ सहयोगले नतिजा राम्रो आउनेमा विश्वस्त रहेको बताएका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय भैरहवामा पत्रकारसँगको परीचयात्मक कार्यक्रममा बोल्दै पाण्डेले आफ्नो सेवा प्रवाहमा रुचि भएकोले जिल्लाको सुशासन र सेवा प्रवाहमा राम्रो परिणाम आउनेमा विश्वस्त रहेको बताए।

उनले नियमसंगत हुने कामहरूलाई दुःख नदिने र गर्न नमिल्ने कामलाई भनीसुनिएका आधारमा नगर्ने बताए । रुपन्देही नेपाल -भारतको सिमा क्षेत्र भएकाले सिमा क्षेत्रमा हुनसक्ने विकृतिमा चनाखो भई लाग्ने बताए। सँगै रूपन्देही हरेक हिसाबले देशकै महत्वपूर्ण जिल्ला भएकोले सोही अनुसार कार्य सम्पादन गर्ने बताए।
उनले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुने मिति तय भइसकेकोले निर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने धारणा राखे।
पाण्डेले सबै क्षेत्रलाई मर्यादित बनाउने काम पनि सोही क्षेत्रमा आबद्ध व्यक्तिहरूको हुनाले विश्वासनीयतालाई महत्व दिँदै सञ्चार क्षेत्र संग समन्वय गरी अगाडि बढ्ने र कार्यालयबाट सही सूचना सही समयमा उपलब्ध गराउन आफू कटिबद्ध रहेको धारणा राखे।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना तथा अयोध्या प्रसाद भण्डारी,प्रशासकीय अधिकृत विक्रम थापा लगायतले सेवा प्रवाहमा महत्व दिने धारणा राखेका थिए।

पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाल, कोषाध्यक्ष नरेश केसी ,पत्रकारहरू कमल रायमाजी ,राधेश्याम भण्डारी, टिआर शर्मा ,दीपक घिमिरे लगायतले आज प्रमुख जिल्ला अधिकारीका रूपमा स्वागत गर्याेै, कार्यकाल पूरा हुँदा कुशल प्रमुख जिल्ला अधिकारीका रुपमा बिदाई गर्न पाइयोस् भनी शुभकामना दिए।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...