लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह


काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयक छलफलमा उनले लुम्बिनी विकास कोषले केही कामहरु गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

उनले भने, “कोषले काम गरेको छ, तर अपेक्षाअनुुसार भएको छैन, आगामी दिनमा लुम्बिनी क्षेत्रलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना छ ।” लुम्बिनी क्षेत्रको समग्र विकासको निम्ति सबैभन्दा पहिला सङ्घीयतापछि स्थानीय तह र प्रदेशलाई पनि समावेश गरेर ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कानुन परिवर्तन गर्ने विषयमा काम भइरहेको मन्त्री पाण्डेले बताए । उनले भने, “लुम्बिनीमा दुनियाँको ध्यानाकर्षण गराउने भनेर लुम्बिनी अगाडि बढेको छ, अगाडि बढ्दै गर्दा कतिपय राम्रो ध्यान पनि परेको छ, नराम्रो ध्यान पनि परेको छ, अलिकति भूराजनीतिक राजनीति पनि देखा परेको छ, त्यसको प्रभाव स्थानीय तहसम्म देखिन्छ, त्यहाँ एउटा सरोकारवाला महाभियान भन्ने चलिरहेको हुन्छ, यसलाई पनि पटक–पटक संवाद गरेर केही समाधान भएको छ ।”

कर्मचारी आन्दोलनले उठाएका माग र होटल व्यवस्थापनसम्बन्धी मागहरु पूरा गरेको उनको भनाइ छ । उनले भने, “दिल्लीमा भएको ४६ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकले लुम्बिनीलाई खतराको सूचीमा राख्ने भन्ने प्रस्ताव थियो, पछि हामीले कार्ययोजनाअनुसार पर्याप्त काम गरेपछि यस पटक पेरिसमा भएको ४७औँ बैठकबाट सधैँको लागि खतराको सूचीबाट हटेको छ, यो एउटा ठोस उपलब्धिको रुपमा देखिएको छ ।”

कपिलवस्तुस्थित तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सवालमा कूटनीतिक र प्राविधिक पहल भइरहेको उनले बताए । सांसद शिशिर खनालले लुम्बिनी विकास कोषलाई सरकारको अनुदानबाट मात्रै सञ्चालन गर्नेभन्दा पनि आन्तरिक स्रोतबाट आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

सांसद तथा पूर्वमन्त्री भीमप्रसाद आचार्यले तिलौराकोट क्षेत्र वरिपरि पर्खाल लगाएर त्यहाँको जग्गाको सुरक्षा गर्नुपर्ने बताए । सांसद एकनाथ ढकालले लुम्बिनी विकास कोषलाई राजनीतिक हस्तक्षेपबाट अगल राख्नुपर्ने धारणा राखे ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...