रोटरी तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक उपचारबारे अभिमुखिकरण


तिलोत्तमा

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक चिकित्सा पद्धतीमा आधारित उपचारबारे अभिमुखिकरण गरिएको छ । क्लवको शनिबार भएको साप्ताहिक नियमित बैठकमा होमियोप्याथिक चिकित्सा पद्धतीका माध्यमबाट गरिने उपचारका बारेमा क्लवका पदाधिकारी सदस्यहरुलाई जानकारीमुलक अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा भैरहवाको साईराम होमियोप्याथिकका होमियोप्याथिक डा. सञ्जय करणले होमियोप्याथिक चिकित्सा पद्धती, यसको सरुवात र विकासक्रमका बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा उहाँले लामो खोज र अनुसन्धानपछि सन् १७९६ मा जर्मनबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्धती अरु उपचार पद्धती भन्दा राम्रो भएको दावी गर्नुभयो ।


उहाँले ६८ वटा रोगमा अनुसन्धान गरेर प्रमाणित भएको होमियोप्याथिक उपचार पद्धती जती विकास हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै उहाँले भारतमा अलि धेरै विकास भएपनि नेपालमा कोशी प्रदेशमा अस्पताल स्थापना भएपनि त्यस बाहेक अन्य प्रदेशका अस्पताल पनि नभएको बताउनु भयो । होमियोप्याथिक चिकित्सा पद्धतीबाट उपचार गर्नका लागि दुर्घटना बाहेकका ५ सय बढी प्रकारका औषधि आईसकेको बताउँदै खानपानमा सुधार गर्ने हो भने एक पटकको होमियोप्याथिक उपचारपछि रोग जरैदेखि निर्मुल हुने उहाँको दावी छ ।


होमियोप्याथिक चिकित्सा पद्धती पनि स्वास्थ्योपचारको राम्रो उपचार विधि भएकाले त्यसबारेमा जानकारी गराउनको लागि क्लवका पदाधिकारी सदस्यका लागि अभिमुखिकरण गरिएको क्लवका अध्यक्ष दीपक भट्टराईले बताउनु भयो । क्लवका निवर्तमान अध्यक्ष देवीराम पाण्डे, संस्थापक अध्यक्ष डोलप्रसाद गैरे, पूर्वअध्यक्षहरु नविन श्रेष्ठ, निरज श्रेष्ठ लगायत क्लवका पदाधिकारी सदस्यहरु सहभागि भएको कार्यक्रममा उपाध्यक्ष देवीलाल भट्टराईले धन्यवाद तथा अर्का उपाध्यक्ष अर्जुन आचार्यले स्वागत सहित अघिल्लो हप्ता गरिएको बृक्षरोपण कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...