गुल्मी सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित
८ भदौ, बुटबल ।।
सहयोगी शब्दको पर्यावाची जस्तै बनेका छन् गुल्मीका भरत जंग क्षेत्री । क्षेत्री सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्दथे गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ मा जन्मिएका क्षेत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बनेका छन् । .समाजमा विभिन्न किसिमका बालबालिकादेखि बृद्ध बुबा आमा लक्षित विभिन्न अभियानमा उनी व्यस्त रहने गर्दछन् । गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका क्षेत्रीको अहिलको बसाई बुटवलमा रहेको छ । विभिन्न दुःखमा परेका, समस्या भएका र अभावमा छट्पटिएका नागरिकहरूका लागि मलम बनिरहेका क्षेत्री आफू सक्दो सहयोग सबैलाई गर्नुपर्छ भन्ने धारणा राख्छन् । व्यक्तिगत रुपमा पनि कसैले आफु प्रति सहयोगको अपेक्षा राख्छ भने उसलाई निराश बनाउनुहुँदैन भनेर उनी सकेको सहयोग गर्ने गर्दछन् ।. त्यसो त उनीे विभिन्न विकृति विसंगति र चित्त नबुझेका कुरामा स्...







