स्थापनाकालदेखि नै अब्बल रहेको बुटवलकाे दिप बाेर्डिङकाे दाबी


बुटवल
बुटवलको दिप बोर्डिङ हाइ स्कुल स्थापनाकालदेखि ४५ वर्षसम्म निरन्तर देशकै उत्कृष्ट नतिजा हासिल गरी अब्बल रहेको विद्यालयले बताएको छ।
२०८१ मा कक्षा १२ को नतिजामा ३.९६ जिपिए सहित उत्कृष्टता हासिल गरेको छ। सोही अवसरमा विद्यालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत संस्थागत विद्यालयहरूमा आफ्नो विद्यालयले देशमै उत्कृष्ट नतिजा ल्याएको बताएको छ।
विद्यालयले २०८१ को कक्षा १२ को परीक्षामा १७८ जना विद्यार्थी सहभागी रहेको र नतिजा राम्रो ल्याउन सफल भएको बताएको छ।
३.९६जीपीए ल्याउने विद्यार्थी सञ्जोग राज भण्डारी र ३.९५ जीपीए ल्याउने उत्सव राज भट्टराई रहेका छन्।
त्यसैगरी दीप बोर्डिङले २०८१ को एसईईमा सक्रिना कुँवर र सुधांसु शेखर झालेसमेत ४ जीपीए प्राप्त गरी अन्य विद्यार्थी समेत उत्कृष्ट जिपिए ल्याई देशकै अब्बल विद्यालयको रूपमा रहन गएको जनाएको छ।
विद्यालयले अध्ययनसँगै व्यावहारिक शिक्षा पनि प्रदान गर्दै आएको छ। दीप बोर्डिङमा रूपन्देही मात्र नभएर देशका विभिन्न स्थानहरूबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको विद्यालयले जनाएको छ।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयले नगदसहित सम्मान गर्ने गरेको छ। सँगै फागुन ५ गते विद्यालयको ४५ औँ वार्षिक उत्सवमा पुरस्कृत गरिने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए। न्यौपानेले आफूले उत्पादन गरेर अगाडि बढाएका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर ,सचिव, शिक्षक, विभिन्न क्षेत्रमा कार्यकारी भूमिकामा अब्बल रहेको बताए।
विद्यालय परिवार, विद्यार्थी र अभिभावकको अथक मेहनतले विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजु बताए।

विद्यालयले शैक्षिक उत्कृष्टता, गुणस्तरीय शिक्षण र विद्यार्थीको समर्पणले सफलता हासिल गरेको र आगामी समयमा पनि उत्कृष्टता हासिल गर्ने गरी अगाडि बढेको विद्यालयका सहप्राचार्य कलाधर अर्यालले बताए।

उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकहरूले वाेल्दै विद्यालय, विद्यार्थी र अभिभावकको अथक मेहनतले मात्र परिणाम राम्रो आउने र दिप बोर्डिङ सधै अब्बल रहन गएको भनाइ राखेका थिए।

शिक्षकहरू पुरुषोत्तम पाण्डे तथा सन्दिप पटेलले प्ले ग्रुपदेखि कक्षा १२ सम्म विद्यालय हरेक हिसाबले अब्बल रहेको धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...
नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

नवलपरासीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

बुटवलपश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। ब...
४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...