समाज

सोचेजति नभएको हो, देशमा केही त अवस्य हुँदैछ: मनाेज गजुरेल

सोचेजति नभएको हो, देशमा केही त अवस्य हुँदैछ: मनाेज गजुरेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवलरत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाईसेन्स, ब्लुबुक जाँच्नुभयो र वाकीटकीमा सोध्नुभयो- सर गाडीको कसुर ? जवाफ आयो ,लापरवाहीपुर्वक गाडी चलाएको ।मैले सोधेँ- कस्तो लापरबाही !भन्नुभयो- गाडी हाँक्दै मोबाईल चलाएको । थप्नुभयो-क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ ।फेरी प्रश्न गर्नुभयो- नागरिक एप चलाउनुहुन्छ ? एप देखाएपछि भन्नुभयो- अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला ! म दङ्ग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा ५ सय रुपैयाँ जरिवानाको नोटिस आएको रहेछ ! कारण, लापरवाही पुर्वक गाडी चलाएको ! मैले ईसेवाबाट जरिवाना तिरेँ, खुसीसाथ मन्जुपनि खुसी भईन्, किनकी गाडी हाँक्दा मोबाईलमा बोल्ने मेरो बानीबाट उनि पनि आजीत भएकी थिईन् । ‘लातोंका भुत बातोंसे नही मानता’ भनेको सही रहेछ ! जरिमानाले मेरो ड्राईभ एण्ड मो...
भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

भाद्र शुक्ल पञ्चमी : आज सप्त ऋषिको पूजाआराधना गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचनद्र गौतमले बताए । यसरी स्नान गरेपछि अरुन्धत...
संवैधानिक इजलास गठनको विवाद सुल्झियो, प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

संवैधानिक इजलास गठनको विवाद सुल्झियो, प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवाद अन्तत: सुल्झिएको छ । अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन् ।यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू तोकिने गरेकोमा संवैधानिक आयोगहरूमा नियुक्तसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको मतभन्दा अलग फैसला हुने स्थिति भएपछि न्यायाधीश छनोट प्रक्रियामा प्रश्न उठेको थियो ।त्यसपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा गोलाबाट न्यायाधीशहरू तोकिने प्रस्ताव अघि सारेका थिए । तर उनको प्रस्तावमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल लगायतले असहमति जनाएपछि संवैधानिक इजलास सञ्चालनमा अवरोध खडा भएको थियो । अब प्रधानन्यायाधीश राउत आफैँले संवैधानिक इजलास गठनका लागि अरू चार जना न्यायाधीश छनोट गर्ने भएपछि विवाद सुल्झिएको छ । ...
रक्तदानबाट लाख युनिट रगत सङ्कलन

रक्तदानबाट लाख युनिट रगत सङ्कलन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो । एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिइन । यो महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का सङ्घीय सांसद छविलाल विश्वकर्माले एक समारोहबीच शुभकामनासहित समापन गरे । त्यस क्रममा सांसद विश्वकर्माले बन्धुत्व र शान्तिको कामना गर्दै भएको महाभियानले धेरैलाई प्रे...
असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने

असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गरी असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने हल्लाको पछि नलाग्न भनेको हो। ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्नसमेत अनुरोध गरिन्छ।’ ...
देशभर हर्षाेल्लास पुर्ण मनाईयाे तीज , बुटवलका विभिन्न ठाउँकाे (फोटो फिचरसहित)

देशभर हर्षाेल्लास पुर्ण मनाईयाे तीज , बुटवलका विभिन्न ठाउँकाे (फोटो फिचरसहित)

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
बुटवलहिन्दु नारीहरुको महान पर्व हरितालिका तीज मंगलबार देशभर धुमधामका साथ मनाईएको छ । महिला दिदीबहिनीहरुले बिहानैदेखि ब्रत बसी पुजा आराधना गर्दै शहरका पार्टी प्यालेस र गाउँका चौतारामा नाचगान गर्दै मनाएका छन् । रुपन्देहीको बुटवलमा पनि तिजकाे दिन महिला दिदीबहिनीहरुले परम्परागत संस्कृतिको जगेर्ना गर्दै यसको संरक्षणका लागि रातो र हरियो साडीमा सजिदैं मौलिक गीतमा नाचगान गर्दै मनाएका छन् ।एक महिनासम्म दर खादै पार्टी प्यालेसमा नाचेका दिदीबहिनीहरु तीजका दिनमा भने फरक किसिमले प्रस्तुत हुँदै सरिक भए । बुटवलको बुद्धनगरस्थित चौतारीमा,देवीनगरको चौतारीमा,दीपनगरस्थित सिद्धेश्वरी मा.वि.को प्राङ्गणमा, बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा, योगीकुटीस्थित देवस्थल मन्दिर प्राङ्गणलगायतका विभिन्न ठाउँहरुमा दिदीबहिनीहरु संगै दाजुभाइले साथ दिंदै मादल, खैजडु बजाउँदै मौलिक भाकामा नाच्दै तीज पर्व हर्षोल्लासका साथ ...
मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल ८ सुख्खानगरमा आधुनिक डिजाइनको होटल व्यवसाय देख्न सकिन्छ। गाडीमा किचन र स्टोर राखेर राम्रो सजावट सहित करिब २ कठ्ठा क्षेत्रफलमा टेबल ,कुर्सी राखेर सबैलाई आकर्षण गर्ने खालको रेस्टुरेन्ट देख्न सकिन्छ ।यस डायमणन्ड बाइट नामक होटल तथा रेस्टुरेन्टका सञ्चालक हुन् उद्यमी ,व्यवसायी दुर्गाप्रसाद पाण्डे। ५७ वर्षीय पाण्डे पहिला रोजगार र सीपको लागि भारतमा गएका थिए। भारतबाट नेपालमा आइसकेपछि बुटवल८ सुक्खानगर भानुपथका स्थायी बासिन्दा बने ।नेपालमा आइसकेपछि पाण्डेले चाउमिन उद्योग खोले,। सँगै होटल व्यवसाय पनि सुरु गरे।पहिला बुबाआमा, दाजुभाई ,दिदीबहिनीको सामूहिक परिवारमा रहेका उनले पछि सबै आ-आफ्नो उद्यममा लागिसकेपछि संयुक्त लगानीमा चाउमिन उद्योग र रूपन्देहीकी तिलोत्तमा नयाँ मिलमा डायमण्ड होटल साझेदारीमा चलाएका छन्। अन्य उद्योग व्यवसाय साझेदारीमा रहेकोले उनले आफूले देखेको र ...
तीजको इतिहास र महत्त्व

तीजको इतिहास र महत्त्व

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, लेख रचना, शिक्षा, समाचार, समाज
हिन्दु धर्मअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन्।यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले ।आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङ लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरु बारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थीले जानकारी दिनुभएको छ ।राजधानी क्षेत्र भित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार शर्तसहित फुकुवाकालागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । निर्णय अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कट्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं. ८ र ९ मा १ रोपनीभन्दा सा...
आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपालभरि नारीहरूको महान् पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक अहिले देशभरि छाएको छ। भाद्र महिनाको कृष्ण पक्षको तृतीयामा पर्ने यो पर्व विशेष गरी हिन्दु नारीहरूले शिव–पार्वतीको पूजा आराधना गर्दै मनाउँछन्। तर, तीजको अघिल्लो दिन अर्थात् दर खाने दिनलाई पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। दर खाने दिन धार्मिक आस्थासँगै सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीकका रूपमा स्थापित भएको छ। तीज भनेको मात्र रातो सारी, हरियो चुरा र नाच–गान मात्रै होइन, यससँगै जोडिएको गहिरो धार्मिक आस्था र सांस्कृतिक परम्पराले यसलाई अझ विशिष्ट बनाएको छ। तीज अघिल्लो दिन अर्थात् दर खाने दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।दर खाने दिनलाई व्रतको तयारीको दिनका रूपमा लिइन्छ। संस्कृतको ‘दार’ शब्दबाट आएको “दर”को अर्थ शक्ति वा ऊर्जा हुन्छ। तीजको दिन महिलाले निर्जला उपवास बस्छन् । उनीहरू पानीसम्म नखाई शिव–प...