रक्तदानबाट लाख युनिट रगत सङ्कलन


बुटवल

विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ ।

राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो ।

एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिइन ।

यो महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का सङ्घीय सांसद छविलाल विश्वकर्माले एक समारोहबीच शुभकामनासहित समापन गरे ।

त्यस क्रममा सांसद विश्वकर्माले बन्धुत्व र शान्तिको कामना गर्दै भएको महाभियानले धेरैलाई प्रेरणा मिलेको भन्दै खुसी व्यक्त गरे । अभियानलाई निरन्तरता दिन आग्रह गर्दै सेवाभावका साथ समर्पित अभियानलई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री विश्वकर्माले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यायका राजयोग केन्द्रहरूमा योग, ध्यान र सात्विक भोजनमार्फत मानसिक स्वास्थ्यमा पनि विशेष भूमिका निर्वाह गरिरहेको भन्दै अभियन्ता र आयोजकको प्रशंसा गरे ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ, सहयोगको भावना सबैमा जगाऔँ’ भन्ने मूल नारासहित भदौ ६ देखि ९ गतेसम्म नेपालका १३४ र भारतका विभिन्न स्थानमा एकसाथ रक्तदान गरिएको आयोजक संस्थाका क्षेत्रीय सदस्य राजयोगी ब्रह्माकुमार नारायणले जानकारी दिए ।

अभियानअन्तर्गत बुटवलस्थित क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र, सैनामैना नगर अस्पताल मुर्गिया, देवदह शाखा, गुल्मीको तम्घास, कपिलवस्तुको वाणगङ्गा जितपुर, देवीनगरको दुर्गा मन्दिर सभाहल, नेपालगञ्ज, नवलपरासी परासी शाखा तथा कठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, धनगढ़ी, दाङलगायत शाखाहरूमा एकसाथ रक्तदान कार्यक्रम भएको थियो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विगत ५५ वर्षदेखि शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक–आध्यात्मिक मूल्यहरूको संरक्षण तथा प्रवद्र्धनमा योगदान दिँदै आएको छ । धुम्रपान, मद्यपान र लागूपदार्थजस्ता दुव्र्यसनमुक्त समाज निर्माणमा समेत संस्थाले महत्वपूर्ण भूमिका खेलेको अभियन्ता रोजयोगी नारायणको भनाइ छ ।

महाअभियानले रक्तदानलाई केवल स्वास्थ्य सहयोगको कार्य नभई मानवीय एकता र विश्व बन्धुत्वको सशक्त सन्देश प्रवाह गरेको उत्प्रेरक प्रशिक्षक ब्रह्माकुमार ऋषि न्यौपानेले बताए ।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...