शिक्षा

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक बर्ष २०८२-८३ को मङ्सिरसम्म महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन भएको छ । मङ्सिर मसान्तसम्म पाँच महिनामा ५ खर्ब २० अर्ब ४४ करोडको लक्ष्य रहेकोमा ७८.७४ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मङ्सिर महिनाको लक्ष्य ९५ अर्ब २० करोड रहेकोमा ८० अर्ब २७ करोड राजश्व संकलन भएको छ, जुन ८४.३१ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड राजश्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड संकलन भएको छ । यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो । ...
एमालेको महाधिवेशनमा पदाधिकारी उम्मेदवार को को छन्?

एमालेको महाधिवेशनमा पदाधिकारी उम्मेदवार को को छन्?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो ।जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची:अध्यक्ष- एक जना निर्वाचित हुने १- ईश्वर पोखरेल२- के पी शर्मा ओली उपाध्यक्ष- ५ जना निर्वाचित हुने १- अरूण नेपाल२- गुरु प्रसाद बराल३- गोकर्णराज विष्ट४- टंक प्रसाद कार्की५- परशुराम मेघी गुरुङ६- पृथ्वी सुब्बा गुरुङ७- भीम प्रसाद आचार्य८- रघुजी पन्त९- राम बहादुर थापा (बादल)१०- डा. विन्दा पाण्डे११- विष्णुप्रसाद पौडेल महासचिव- एक जना निर्वाचित हुने १- शंकर पोख...
पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य वृद्धि, नयाँ मूल्य लागू

पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य वृद्धि, नयाँ मूल्य लागू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंनेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरेको हो । समायोजन गरिएको नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू गरिएको छ । ढुवानी लागतका आधारमा निगमले देशका विभिन्न भागलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ । नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४१ रुपैयाँ प्रतिलिटर पुगेको छ । तेस्रो व...
विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढ्यो

विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढ्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंविदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को चार महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएर ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । त्यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ अर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस...
बुटवलमा हुनलागेको औद्योगिक प्रदर्शनीमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, तैयारी अन्तिम चरणमा

बुटवलमा हुनलागेको औद्योगिक प्रदर्शनीमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, तैयारी अन्तिम चरणमा

Breaking news 2, कृषि, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग सङ्घले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला पक्षले विशेष दिन आग्रह गर्दै आयोजकलाई साथ दिने प्रतिवद्धता जनाएका छन् । सोमबार प्रदर्शनी स्थलमा संघले यस क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाको नेतृत्व तथा सुरक्षा उपसमितिका सदस्यहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले प्रदर्शनी र महोत्सवहरुमा विभिन्न स्वार्थ राखेर आउनेहरुको विशेष ख्याल गरिने, आयोजकको तर्फबाट राखिने सुरक्षा संयन्त्रलाई विशेष चनाखो राखिने र सुरक्षा निकायहरुबाट आवश्यक सुरक्षा सर्तकता अपनाइने गरी यसलाई सफल बनाउनुपर्ने जनाएका छन् । आयोजक समितिको तर्फबाट अध्यक्ष कृष्णप्रसाद पराजुलीले सबैका सुझावका आधारमा यसलाई अघ...
बुटवलको कालिका मानवज्ञान माविको वार्षिकोत्सबमा ‘कालिका कप’ आयोजना

बुटवलको कालिका मानवज्ञान माविको वार्षिकोत्सबमा ‘कालिका कप’ आयोजना

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलकालिका मानवज्ञान मा.वि.बुटवलले ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता यस वर्षपनि आयोजना गरिएको छ । विद्यायले सोमबार सेक्टर २ रामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी किताबी ज्ञान मात्र नभई शारीरिक अभ्यास खेलकुद एवम् विभिन्न प्रदर्शनीको माध्यमबाट पनि विद्यार्थीहरुलाई ज्ञान सिकाउन सकिन्छ भन्ने उदेश्यका साथ ‘शिक्षा सँगै खेल’ भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता–२०८२ आयोजना गर्न लागिएको जानकारी गराएको हो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार पुष २ गतेदेखि ‘जिल्लास्तरीय कालिका रनिङ शिल्ड’ आयोजना हुने छ । खेल विधालाई अभिन्न अंगको रुपमा योजना गराई कार्य सञ्चालन गर्दा वि...
अनुशासनमा अडिग, संगठनमा समर्पित नेता लिला गिरी खुला केन्द्रीय सदस्यका उम्मेदवार

अनुशासनमा अडिग, संगठनमा समर्पित नेता लिला गिरी खुला केन्द्रीय सदस्यका उम्मेदवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलसंघर्षले खारिएको, इमानले उज्यालिएको नेतृत्वका रुपमा लिइन्छ एमाले नेता लिला गिरीलाई । नेकपा एमालेका सालिन, इमानदार र अनुभवी नेता गिरी पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् । बाल्यकालदेखि नै कम्युनिष्ट आन्दोलनमा समर्पित गिरीलाई संगठनप्रतिको निष्ठा, अनुशासन र निरन्तर योगदानका कारण पार्टीभित्र सम्मानित नेताका रूपमा लिइन्छ ।गुल्मीको रुरुमा जन्मिएका गिरी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । विद्यार्थी, मजदुर, किसान, शिक्षक आन्दोलन हुँदै पार्टी संगठनका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका उनी बहुदलीय व्यवस्थापछिको पहिलो गाविस अध्यक्षदेखि लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्रीसम्मको यात्रा तय गर्न सफल भएका छन् ।२०७० र २०७९ का निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ (प्रदेशसभा १) बाट सानदार मतान्तरले विजयी गिरी २०७९ पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त...
कालिका मानव ज्ञान मावि ६५ औ वार्षिकाेत्सव : कविता प्रतियोगितामा विवेक खराल प्रथम

कालिका मानव ज्ञान मावि ६५ औ वार्षिकाेत्सव : कविता प्रतियोगितामा विवेक खराल प्रथम

खेलकुद, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल स्थित कालिका मानव ज्ञान माविको ६५ औ वार्षिक उत्सवको अवसरमा आज सोमबार विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । कक्षा ११ र १२ मा राष्ट्र निर्माणमा युवा सहभागिता विषयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका विवेक खराल प्रथम, कक्षा १२ विज्ञानकै शिशिर मल्ल द्वितीय, कक्षा ११ विज्ञानका विमर्श बस्नेत तृतीय र कक्षा ११ विज्ञानका रचना जिसी चतुर्थ स्थान हासिल गर्न सफल भएका छन् । कक्षा ११ र १२ नेपाली विषयका विभागीय प्रमुख सरस्वती थापाको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितानन्द ज्ञवालीको प्रमुख अतिथ्यता, शिक्षक त्रय शालिग्राम घिमिरे, शर्मिला पाण्डे र कृष्णप्रसाद सापकोटाको निर्णायक मण्डल रहेको विद्यालयका प्रधानध्यापक दिनेश थापाले जानकारी दिए । त्यसैगरी कालिका सवालमा विद्यालयमा सञ्चालित विविध खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्र...
बुटवल कान्ति माविको ७२औं वार्षिकोत्सव पौष २गते मनाईदै

बुटवल कान्ति माविको ७२औं वार्षिकोत्सव पौष २गते मनाईदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देहीको बुटवलमा रहेको कान्ति माविको ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस पौष २गते सम्पन्न हुंदै छ।वार्षिकोत्सवको अवसरमा मंसीर २६ देखि सप्ताह व्यापी कार्यक्रम सञ्चालन भइरहेको छ।२००८ सालमा पुरानो बुटवलमा शुरू भएको गणेश विद्या भवन प्राइमरी स्कूल र खस्यौलीमा शुरू भएको जनता विद्या भवन प्राइमरी स्कूलको एकीकरण गरी २ पुस २०१० देखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको हो । २०१६ सालमा मिडिल स्कूल र २०२६ सालमा हाईस्कूलको स्वीकृति प्राप्त गरेको विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक र २०३३ सालदेखि कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ । २०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहका विभिन्न विषयको पठनपाठन हुँदै आएको छ । विद्यालय बजारको घना बस्ती बीच भए पनि विद्यार्थीहरू पढ्न अन्यत्रै ज...
रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देहीको भैरहवा–परासी सडकखण्डमा सोमबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा सोही वडाका २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादवको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो । घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यसै...