बुटवलको कालिका मानवज्ञान माविको वार्षिकोत्सबमा ‘कालिका कप’ आयोजना


बुटवल
कालिका मानवज्ञान मा.वि.बुटवलले ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता यस वर्षपनि आयोजना गरिएको छ ।

विद्यायले सोमबार सेक्टर २ रामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी किताबी ज्ञान मात्र नभई शारीरिक अभ्यास खेलकुद एवम् विभिन्न प्रदर्शनीको माध्यमबाट पनि विद्यार्थीहरुलाई ज्ञान सिकाउन सकिन्छ भन्ने उदेश्यका साथ ‘शिक्षा सँगै खेल’ भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता–२०८२ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार पुष २ गतेदेखि ‘जिल्लास्तरीय कालिका रनिङ शिल्ड’ आयोजना हुने छ । खेल विधालाई अभिन्न अंगको रुपमा योजना गराई कार्य सञ्चालन गर्दा विद्यालयको समग्र शैक्षिक विकासमा टेवा पुग्ने गरी काम गरेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । उनले भने ‘यस कार्यले प्रमाणित गरेको छ । जसले यस विद्यालयको मात्रै नभई समग्र जिल्लाबासीकै खेलप्रतिको रुचि र लगावमा विकास भएको छ ।’ खेलकुद प्रतियोगितमा जिल्लाका २८ वटा विद्यालयका १ हजार ३२६ जना खेलाडी सहभागी हुने थापाले बताए ।

कालिका कप खेलकुद प्रतियोगितमा भलिबल (छात्र÷छात्रा) र कबड्डी (छात्र÷छात्रा) जिल्ला स्तरिय प्रतियोगीता आयोजना हुने छ । जसमा भलिबल र कबड्डी बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिने छ । प्रथम हुने समुहले नगद ३० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने छन् । यस्तै द्धितिय हुने टिमले २० हजार नगद सहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतिय टिमले नगद १० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक थापाले जानकारी दिए ।

यस्तै कबड्डी प्रतियोगीतामा पनि सोही अनुसारको पुरस्कार व्यवस्था गरिएको छ । कालिका कप सहित बार्षिक उत्सव उद्घाटन कार्यक्रम कालिकानगरमा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा हुदै छ । पुस १ गते जसमा खेलाडीहरुको मार्चपास, झाँकी, विद्यालयका करिब ६ हजार विद्यार्थीहरुको पि.टी. प्रर्दशन गर्ने छन् ।
वि.सं. २०७६ सालमा ‘नगरस्तरीय कालिका रनिङ शिल्ड’ विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी तथा प्र.अ.घनश्याम पाठकको पहल कालिका कप सुरुवात भएको थियो ।

वि.सं. २०७६ सालमा यस विधा अन्तर्गत २२ ओटा विद्यालय, वि.सं. २०७८ मा ३२ ओटा विद्यालय, वि.सं. २०७९ मा ४९ ओटा विद्यालय, २०८० सालमा २७ ओटा विद्यालय र २०८१ सालमा २६ ओटा विद्यालय संलग्न रहेका थिए । विद्यालयले प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जिती राष्ट्रको गरिमा उँचो गराउने अब्बल खेलाडीहरु समेत उत्पादन गर्न सफल भएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिका मानवज्ञान माविको शैक्षिक उन्नयनमा शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन र अभिभावकहरुको साझा पहल रहेको बताएका थिए । पत्रकार सम्मेलनमा विद्यालयका पुर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, विद्यालयका सहायक प्रधानाध्यापक विष्णु हरी ज्ञवाली र पिताम्बर बन्जाडे सहित विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार समितिका सदस्य, ईन्चार्ज, शिक्षक, प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...