बुटवलमा हुनलागेको औद्योगिक प्रदर्शनीमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, तैयारी अन्तिम चरणमा


बुटवल
रुपन्देही उद्योग सङ्घले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला पक्षले विशेष दिन आग्रह गर्दै आयोजकलाई साथ दिने प्रतिवद्धता जनाएका छन् ।

सोमबार प्रदर्शनी स्थलमा संघले यस क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाको नेतृत्व तथा सुरक्षा उपसमितिका सदस्यहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले प्रदर्शनी र महोत्सवहरुमा विभिन्न स्वार्थ राखेर आउनेहरुको विशेष ख्याल गरिने, आयोजकको तर्फबाट राखिने सुरक्षा संयन्त्रलाई विशेष चनाखो राखिने र सुरक्षा निकायहरुबाट आवश्यक सुरक्षा सर्तकता अपनाइने गरी यसलाई सफल बनाउनुपर्ने जनाएका छन् । आयोजक समितिको तर्फबाट अध्यक्ष कृष्णप्रसाद पराजुलीले सबैका सुझावका आधारमा यसलाई अघि बढाइने जानकारी दिनुभयो ।

संघका द्वितीय उपाध्यक्ष तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक युवराज आचार्यले आयोजकबाट तयारी गरिएको सुरक्षासँगै सरकारी सुरक्षा निकायको समन्वयमा सुरक्षा योजना बनाइएको बताउँदै यसका लागि यो क्षेत्रका अनुभवीहरुसँग निरन्तर सुझाव सल्लाह लिइरहने बताउनुभयो ।
सोमबारको बैठकमा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख इन्द्रबहादुर राना, सशस्त्र प्रहरी बलबाट चन्द्रमणि पौडेल, प्रहरी निरीक्षक श्म्बरदेव गिरीसहित नेपाल उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलम, चेम्बर अफ कमर्शका लुम्बिनी अध्यक्ष टंक पोखरेल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष माधव पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटा, उद्योगी भूपालकुमार श्रेष्ठले लामो समयको प्रदर्शनीको अनुभवमा अपनाइएका सुरक्षा रणनीति अपनाउन सुझाव दिनुभएके थियो । बैठक महासचिव सुमन बस्यालले संचालन गर्नुभएको थियो ।

प्रदर्शनीका सम्पन्न गर्नका लागि सङ्घका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरेर सबै तयारी अन्तिम चरणमा छ। भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्र्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने र स्वदेशी उत्पादनलाई मात्रै यहाँ स्थान दिइनेगरी संघले दर्ता हुने स्टलहरुलाई कडा नियम बनाएको छ ।

अहिले स्टल निर्माणको काम अन्तिम चरणमा भइरहेको र प्रचारको काम पनि सबैतिर भएको प्रचार संयोजक ई किरण खरेलले जानकारी दिनुभयो। प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार तयारीका विषयमा मंगलबार अन्तिम पत्रकार सम्मेलन, बुधबार जनचेतना र्याली र बिहीबार दिउसो यसको औपचारिक उद्घाटन गरिने छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...