अनुशासनमा अडिग, संगठनमा समर्पित नेता लिला गिरी खुला केन्द्रीय सदस्यका उम्मेदवार


बुटवल
संघर्षले खारिएको, इमानले उज्यालिएको नेतृत्वका रुपमा लिइन्छ एमाले नेता लिला गिरीलाई । नेकपा एमालेका सालिन, इमानदार र अनुभवी नेता गिरी पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् । बाल्यकालदेखि नै कम्युनिष्ट आन्दोलनमा समर्पित गिरीलाई संगठनप्रतिको निष्ठा, अनुशासन र निरन्तर योगदानका कारण पार्टीभित्र सम्मानित नेताका रूपमा लिइन्छ ।
गुल्मीको रुरुमा जन्मिएका गिरी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । विद्यार्थी, मजदुर, किसान, शिक्षक आन्दोलन हुँदै पार्टी संगठनका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका उनी बहुदलीय व्यवस्थापछिको पहिलो गाविस अध्यक्षदेखि लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्रीसम्मको यात्रा तय गर्न सफल भएका छन् ।
२०७० र २०७९ का निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ (प्रदेशसभा १) बाट सानदार मतान्तरले विजयी गिरी २०७९ पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । राजनीतिक उतार–चढाव र गुटगत चुनौतीका बाबजुद पनि पार्टी निर्णयप्रति सदैव अनुशासित र जिम्मेवार बनेर प्रस्तुत हुनु उनको राजनीतिक विशेषता रहेको भन्दै राजनीतिक समकक्षीहरु प्रशंसा गर्छन् ।
लुम्बिनी प्रदेशमा छोंटो समयका लागि मुख्यमन्त्री र केही समय मन्त्रीका रूपमा रहँदा गिरीले सुशासन, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण पहल गरेका उदाहरणीय दृष्टान्त छन् । त्यसबेलाका ती योजना नै समृद्ध लुम्बिनीका पहिचान बनिरहेका छन् ।
बुद्ध सर्किट, औद्योगिक क्षेत्र विस्तार र प्रदेशस्तरीय पर्यटकीय पूर्वाधार निर्माण उनका पहिचानयोग्य योगदान हुन् । उनले आफुले पदमा रहँदा कहिल्यै दुरुपयोग नगरेको र पदमा नरहँदा जहिल्यै रचनात्मक सहयोग र सहकार्य गर्दै आएको बताउँछन् ।
११ औं महाधिवेशनका सन्दर्भमा गिरीले प्रतिनिधिहरूसँग इमान, निष्ठा, अनुशासन र समर्पणलाई बलियो बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । लामो संघर्ष, संगठनप्रतिको प्रतिबद्धता र स्वच्छ छविका कारण लिला गिरीलाई केन्द्रीय नेतृत्वमा पुग्ने योग्य र भरोसायोग्य नेताका रूपमा कार्यकर्ताहरूले हेरेका छन् ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...