पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य वृद्धि, नयाँ मूल्य लागू


काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरेको हो । समायोजन गरिएको नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू गरिएको छ ।

ढुवानी लागतका आधारमा निगमले देशका विभिन्न भागलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ । नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

त्यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४१ रुपैयाँ प्रतिलिटर पुगेको छ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...