शिक्षा

ढिलो गरी सुरु भयो हिउँदे वर्षा, सुदूर पहाडमा वर्षासँगै हिमपात

ढिलो गरी सुरु भयो हिउँदे वर्षा, सुदूर पहाडमा वर्षासँगै हिमपात

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौं ढिलो गरी यो वर्षको हिउँदे वर्षा भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात पनि भएको हो । वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई भने राहत भएको छ ।लामो खडेरीको चपेटामा परेका किसान हिउँदे वर्षा र हिमपातले हिउँदे बाली सप्रिने आशामा हर्षित भएका हुन् । ‘धेरैजसो बाली त खडेरीले सुकिसक्यो,' दुर्गाथलीको चुवावनका दीपक जाग्रीले भने, ‘माटो खरानी जस्तै भइसकेको थियो । हिउँ पर्दा केही ओसिलो भएको छ । थोरै भए पनि राहत भएको छ ।' उनले सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने चुवावन जस्तै उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौं, केराउ, मुसुरोजस्ता हिउँदेबाली लामो खडेरीका कारण धेरैजसो सुकिसकेको बताए ।बझाङका स...
मैदानमा भावी प्रधानमन्त्री, ओली र बालेनबीचको प्रतिस्पर्धाले झापा–५ चर्चाकाे केन्द्र

मैदानमा भावी प्रधानमन्त्री, ओली र बालेनबीचको प्रतिस्पर्धाले झापा–५ चर्चाकाे केन्द्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहले भावी प्रधानमन्त्री तोकेर अघि बढ्न सहमति जनाएका भए कांग्रेसको राजनीति सम्भवतः आजको मोडसम्म आइपुग्दैनथ्यो।विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्न र उनी स्वयं चुनावमा नउठ्न दबाब दिएका थिए। तर अन्तिम चरणमा उक्त प्रस्ताव अस्वीकार भएपछि देउवा न सभापति नै रहे, न त चुनावमै गए। बरु यही घटनाक्रमले गगन थापाका लागि भावी प्रधानमन्त्री बन्ने बाटो खोलिदियो।विशेष महाधिवेशनबाट निर्वाचित भई शुक्रवार पदबहालीका लागि पार्टी मुख्यालय सानेपा पुगेका सभापति थापालाई कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित स्वागत गरेका थिए। पदबहालीसँगै कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै २१ फागुनको निर्वाचनमा जाने निर्णय गरेको छ।संसदीय राजनीतिमा निर्वाचनअघि नै भावी प्रधानमन्त्री घोषणा गरेर...
आज श्रीपञ्चमी पर्व : सरस्वती पूजा र अक्षराम्भको विशेष दिन

आज श्रीपञ्चमी पर्व : सरस्वती पूजा र अक्षराम्भको विशेष दिन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँविद्याकी देवी सरस्वतीको पूजा–अर्चना गर्दै आज श्रीपञ्चमी पर्व देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिन्छ।बसन्त पञ्चमीका दिन विणा र पुस्तक धारण गरेकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र बसन्त ऋतुको आगमन हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो।बसन्त पञ्चमीका दिन विणा र पुस्तक धारण गरेकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र बसन्त ऋतुको आगमन हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो।श्रीपञ्चमीका दिन बालबालिकालाई अक्षर चिनाउने ‘अक्षराम्भ’ गराउने चलन रहिआएको छ। साथै केटाकेटीको नाक–कान छेड्नका लागि पनि यो दिनलाई शुभ मानिन्छ।यस अवसरमा साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार तथा शिक्षकहरूले आफ्ना कला र साध...
प्रतिनिधी सभा निर्वाचन: लुम्बिनी प्रदेशमा १७ सय मतदान स्थल, ३४ लाख मतदाता

प्रतिनिधी सभा निर्वाचन: लुम्बिनी प्रदेशमा १७ सय मतदान स्थल, ३४ लाख मतदाता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवललुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाताले मतदान गर्ने भएका छन् ।निर्वाचन आयोगबाट हालै प्रकाशित तथ्याङ्कअनुसार बागमती प्रदेश र कोसी प्रदेशपछि मतदाता सङ्ख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ । प्रदेशमा कुल मतदान स्थलको सङ्ख्या १ हजार ६ सय ७१ वटा रहेका छन् भने कुल मतदान केन्द्र ३ हजार ९ सय ९८ वटा रहेका छन् ।लुम्बिनी प्रदेशमा रहेका ३३ लाख ८६ हजार ६ सय ८० मतदातामध्ये १७ लाख १५ हजार १ सय ६३ जना पुरुष रहेका छन् भने १६ लाख ७१ हजार ४ सय ७९ जना महिला रहेका छन् । प्रदेशमा ३८ जना मात्रै अन्य लिङ्गी अन्तर्गतका मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा २०७९ सालको निर्वाचनपछि मात्रै १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यो वृद्धि सामान्य तथ्याङ्...
नेपाल–भारतबीच समझदारी ,निकासी गर्ने वस्तु आउनुअघि सूचना अनिवार्य

नेपाल–भारतबीच समझदारी ,निकासी गर्ने वस्तु आउनुअघि सूचना अनिवार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअब नेपाल र भारतबीच निकासीगरिने वस्तु आइपुग्नुअगावै दुई देशले एकअर्कामा सूचना आदानप्रदान गर्नुपर्ने भएको छ । भारतको नयाँदिल्लीमा बुधबार नेपाल र भारतबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसलाई ‘नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नुअगावै सूचना आदानप्रदान गर्नेसम्बन्धी समझदारी’ नाम दिइएको छ । नेपाल र भारतबीच यस्तो सम्झौता पहिलो पटक भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरे । समझदारीपत्रको शीघ्र कार्यान्वयनका लागि सीबीआईसीका अध्यक्ष विवेक चतुर्वेदीले प्रतिबद्धता व्यक्त गरे । समझदारीपत्र आदानप्रदान कार्यक्रममा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशकसहित चार जना र भारतका तर्फबाट सीबीआईसीका अध्यक्ष ...
नेपालको अर्थतन्त्र र विकासका संवाहक: विष्णु पौडेल

नेपालको अर्थतन्त्र र विकासका संवाहक: विष्णु पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलनेपालको राजनीतिक र विकासको क्षितिजमा विष्णु प्रसाद पौडेल एउटा यस्तो नाम हो, जसलाई 'विकासप्रेमी' र 'संकटको सारथी' नेताका रूपमा चिनिन्छ। विशेषगरी अर्थमन्त्रीका रूपमा उनले निर्वाह गरेको भूमिका र गृहजिल्ला रूपन्देही लगायत देशभरि सुरु गरेका ठूला पूर्वाधारका आयोजनाहरूले उनलाई एक सफल र नतिजामुखी नेताका रूपमा स्थापित गरेका छन्। विष्णु पौडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष मात्र नभई नेपाली राजनीतिको एक शालीन र प्रभावकारी व्यक्तित्व हुन्। उनको राजनीतिक यात्रा जति संघर्षपूर्ण छ, उनको विकासप्रतिको दृष्टिकोण उति नै स्पष्ट र दीर्घकालीन छ। पटक–पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेलले नेपालको संकटग्रस्त अर्थतन्त्रलाई सही दिशामा ल्याउन र ठूला आयोजनाहरूको जग बसाल्न निर्णायक भूमिका खेलेका छन्। संकटको समयमा अर्थतन्त्रको सफल नेतृत्व विष्णु पौडेलले जति पटक अर्थ मन्त्रालय...
निपाह भाइरसको जोखिम: सीमा नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु

निपाह भाइरसको जोखिम: सीमा नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार
बुटवलछिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ।भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको हो।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए। उनले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको बताउँदै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको बताए।प्रवक्ता बुढाथोकीले निपाह भाइरसको संक्रमण चमेरो, सुंगुर र संक्रमित व्यक्तिबाट फैलिने बताउँदै भने, यी तीन चीजलाई मध्यनजर गरेर नागरिकलाई पनि निपाह...
इजाजतप्राप्त हतियारको एकीकृत विवरण पेश गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र

इजाजतप्राप्त हतियारको एकीकृत विवरण पेश गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँइजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ ।२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको लगत संकलन गरी पेश गर्न निर्देशन दिएको हो । २४ भदौमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सिंहदरबारस्थित प्रमुख प्रशासनिक भवन (प्रधानमन्त्री कार्यालय)सहित गृह मन्त्रालय पनि जलेको थियो । सो घटनामा गृह मन्त्रालयका महत्वपूर्ण दस्तावेजहरू जलेका थिए । त्यसक्रममा हातहतियार तथा गोलीगठ्ठासम्बन्धी अभिलेखसमेत नष्ट भएका थिए । गृह मन्त्रालयका एक अधिकारीका अनुसार विगतमा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका हतियारको संख्या करिब ३५ हजार हाराहारीमा छ । ती अभिलेखको केन्द्रीकृत विवरण...
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा कायम

कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा कायम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसाताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो ।कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो ।१६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रह्यो । बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ तथा अन्य समूह ०.३६ प्रतिशत बढे । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम...
आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको हो ।बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई नि...