निपाह भाइरसको जोखिम: सीमा नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु


बुटवल
छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ।
भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको हो।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए। उनले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको बताउँदै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको बताए।
प्रवक्ता बुढाथोकीले निपाह भाइरसको संक्रमण चमेरो, सुंगुर र संक्रमित व्यक्तिबाट फैलिने बताउँदै भने, यी तीन चीजलाई मध्यनजर गरेर नागरिकलाई पनि निपाह भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसलाई केही समय क्वारेन्टाइनमा राख्ने र उनीहरूको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ।
केही दिनअघि मात्रै महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई निपाह भाइरसका लक्षण देखिएका बिरामी र त्यस्ता लक्षणबाट मृत्यु भएका व्यक्तिको विषयमा जानकारी दिन निर्देशन दिएको थियो।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ का अनुसार निपाह भाइरस लागेका व्यक्तिमा ३ देखि १४ दिनसम्म लक्षणहरू विकास भइसकेको हुन सक्छ। यस अवधिमा ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या लगायत लक्षण देखिन सक्छन्। केही व्यक्तिमा मस्तिष्क सुन्निने पनि हुनसक्छ। गम्भीर अवस्थामा भ्रम, थकान र सिजर पनि हुन सक्छ।
केही घटनामा बिरामीहरू २४ देखि ४८ घण्टासम्म कोमामा पुग्न पनि सक्ने चिकित्सकहरूले बताएका छन्। यस रोगले ज्यान लिने जोखिम ४० देखि ७० प्रतिशतसम्म रहेको डब्ल्युएचओले जनाएको छ। कोरोना भाइरसजस्तै निपाह भाइरस पनि जोनोटिक भाइरस भएको डाक्टरहरूले बताउँछन्। तर, कोरोना भाइरसको तुलनामा यो धेरै प्राणघातक छ।
प्रायः अवस्थामा संक्रमित जनावरमार्फत मानिसमा यो रोग सर्न सक्छ। संक्रमित जनावरको मासु खानाले पनि रोग फैलिन्छ। चमेरोबाट यो भाइरस सर्नसक्ने जोखिम बढी रहन्छ।सन् १९९९ मा पहिलोपटक निपाह भाइरसको पहिचान भएको थियो। मलेसिया र सिंगापुरमा संक्रमित सुंगुरसँगको सम्पर्कमा पुगेका मानिसमा श्वासप्रश्वास र मस्तिष्क सुन्निने समस्या देखिएको थियो।

छुटाउनुभयो कि ?

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...
सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

काठमाण्डाै – सुकुम्वासीकाे समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सङ्घ सरकारका ६ जना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन...
मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

बुटवल'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसाल...
सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

बुटवलहोल्डिङ सेन्टरमा भूमिहीनहरू भाेकभाेकै छन् । उनीहरूले राम्रो संग खाना पाएका छैनन् । पिउने पानी समेत उपलव्ध छैन ।जसकाे मार...