आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै


काठमाडौं
निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ ।

मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको हो ।
बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ ।
यसपटक जेनजी आन्दोलनका कारण संसद विघटन गरेर कार्यकाल पूरा नहुँदै प्रतिनिधि सभाको निर्वाचन हुन लागेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ ।
यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख ०३ हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...