प्रतिनिधी सभा निर्वाचन: लुम्बिनी प्रदेशमा १७ सय मतदान स्थल, ३४ लाख मतदाता


बुटवल
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाताले मतदान गर्ने भएका छन् ।
निर्वाचन आयोगबाट हालै प्रकाशित तथ्याङ्कअनुसार बागमती प्रदेश र कोसी प्रदेशपछि मतदाता सङ्ख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ ।

प्रदेशमा कुल मतदान स्थलको सङ्ख्या १ हजार ६ सय ७१ वटा रहेका छन् भने कुल मतदान केन्द्र ३ हजार ९ सय ९८ वटा रहेका छन् ।
लुम्बिनी प्रदेशमा रहेका ३३ लाख ८६ हजार ६ सय ८० मतदातामध्ये १७ लाख १५ हजार १ सय ६३ जना पुरुष रहेका छन् भने १६ लाख ७१ हजार ४ सय ७९ जना महिला रहेका छन् ।

प्रदेशमा ३८ जना मात्रै अन्य लिङ्गी अन्तर्गतका मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा २०७९ सालको निर्वाचनपछि मात्रै १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यो वृद्धि सामान्य तथ्याङ्क मात्र नभई नयाँ पुस्ताको लोकतान्त्रिक सहभागिताको सङ्केत पनि हो ।
रोजगारी, शिक्षा र नागरिकता प्राप्तिसँगै मतदाता सूचीमा नाम थपिँदै जाँदा निर्वाचन व्यवस्थापनको दायरा पनि फराकिलो बनेको छ ।

मतदाता वितरणले लुम्बिनीको सामाजिक–भौगोलिक यथार्थलाई स्पष्ट देखाउँछ । तराईका जिल्लाहरू रुपन्देही, कपिलवस्तु, दाङ र बाँके मतदाता सङ्ख्यामा अगाडि छन् । रुपन्देही मात्र ६ लाख ७२ हजारभन्दा बढी मतदातासहित प्रदेशकै ‘निर्णायक जिल्ला’को रूपमा उभिएको छ ।
प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा कुल मतदाता सङ्ख्या ३५ हजारभन्दा कम रहनुले भूगोल, बसाइसराइ र विकासको असन्तुलनलाई झल्काउँछ ।

लुम्बिनीमा पुरुष र महिला मतदाताको सङ्ख्या झन्डै बराबरीमा छ । यसले समावेशी लोकतन्त्रतर्फको सकारात्मक सन्देश दिए पनि ‘अन्य’ लैङ्गिक समूहका मतदाता सङ्ख्या ४० भन्दा कम हुनु अझै पनि पहिचान र पहुँचको चुनौतीको सङ्केत मानिन्छ ।

मतदाता सङ्ख्या बढेसँगै मतदान स्थल र मतदान केन्द्र पनि बिस्तार गरिएको छ । यस पटक प्रदेशभर १ हजार ६ सय ७१ मतदान स्थल र करिब ४ हजार मतदान केन्द्र तोकिएका छन्, जुन अघिल्लो निर्वाचनभन्दा बढी हो ।

कपिलवस्तु र रुपन्देहीमा सबैभन्दा धेरै मतदान केन्द्र तोकिएका छन् । यसले ती जिल्लामा लजिस्टिक व्यवस्थापन, सुरक्षा र जनशक्ति परिचालनलाई झनै संवेदनशील बनाएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा ५ सय ९९ जना उम्मेदवार चुनावी मैदानमा छन् । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा ५ सय ९९ मनोनयन दर्तामध्ये २ सय ५० जना स्वतन्त्र उम्मेदवार छन् भने ३ सय ४९ जना उम्मेदवार राजनीतिक दलका हुन् ।

कुल उम्मेदवारमध्ये ५६ जना महिला उम्मेदवार छन् । ३३ लाख ८६ हजार ६ सय ८० मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय ७१ मतदान स्थल र ३ हजार ९ सय ९८ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय लुम्बिनी दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उम्मेदवार रुपन्देहीमा १ सय ५७ जना र सबैभन्दा कम रुकुम पूर्व र रोल्पामा १२–१२ जना उम्मेदवार रहेका छन् ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...