आज श्रीपञ्चमी पर्व : सरस्वती पूजा र अक्षराम्भको विशेष दिन


काठमाडौँ
विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गर्दै आज श्रीपञ्चमी पर्व देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिन्छ।
बसन्त पञ्चमीका दिन विणा र पुस्तक धारण गरेकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र बसन्त ऋतुको आगमन हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो।बसन्त पञ्चमीका दिन विणा र पुस्तक धारण गरेकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ। सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुने र बसन्त ऋतुको आगमन हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो।
श्रीपञ्चमीका दिन बालबालिकालाई अक्षर चिनाउने ‘अक्षराम्भ’ गराउने चलन रहिआएको छ। साथै केटाकेटीको नाक–कान छेड्नका लागि पनि यो दिनलाई शुभ मानिन्छ।
यस अवसरमा साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार तथा शिक्षकहरूले आफ्ना कला र साधनासँग सम्बन्धित सामग्रीको पूजा गर्ने परम्परा छ। आज उपत्यकासहित देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।

शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा पनि श्रीपञ्चमीलाई लिने गरिन्छ। ऋग्वेदमा सरस्वतीलाई वाग्देवी तथा ब्रह्माणीका रूपमा उल्लेख गरिएको छ।

काठमाडौँ उपत्यकाका स्वयम्भूस्थित मैतीदेवी, गैह्रीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत देशका विभिन्न सरस्वती मन्दिरहरूमा बिहानैदेखि पूजा–अर्चना गर्ने भक्तजनको भीड देखिएको छ।

धार्मिक विश्वासअनुसार सरस्वतीलाई चढाइएको सात गेडा अक्षता सेवन गरेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति प्राप्त हुने विश्वास छ। यसैगरी पञ्चमीका दिन काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा पुरोहितद्वारा विधिपूर्वक कथा वाचन गरी ‘वसन्त श्रवण’ गर्ने परम्परा पनि रहिआएको छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...