मैदानमा भावी प्रधानमन्त्री, ओली र बालेनबीचको प्रतिस्पर्धाले झापा–५ चर्चाकाे केन्द्र


काठमाडौं
नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहले भावी प्रधानमन्त्री तोकेर अघि बढ्न सहमति जनाएका भए कांग्रेसको राजनीति सम्भवतः आजको मोडसम्म आइपुग्दैनथ्यो।
विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्न र उनी स्वयं चुनावमा नउठ्न दबाब दिएका थिए। तर अन्तिम चरणमा उक्त प्रस्ताव अस्वीकार भएपछि देउवा न सभापति नै रहे, न त चुनावमै गए। बरु यही घटनाक्रमले गगन थापाका लागि भावी प्रधानमन्त्री बन्ने बाटो खोलिदियो।
विशेष महाधिवेशनबाट निर्वाचित भई शुक्रवार पदबहालीका लागि पार्टी मुख्यालय सानेपा पुगेका सभापति थापालाई कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित स्वागत गरेका थिए। पदबहालीसँगै कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै २१ फागुनको निर्वाचनमा जाने निर्णय गरेको छ।
संसदीय राजनीतिमा निर्वाचनअघि नै भावी प्रधानमन्त्री घोषणा गरेर मैदानमा उत्रिने अभ्यास नेपालमा कमै देखिन्छ। यद्यपि २०६० को दशकमा सुरु भएको यो अभ्यास २०७० को दशकमा खासै चर्चामा आएन।

२०७४ को आम निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनाव लडेको थियो। यसपटक भने मुख्य प्रतिस्पर्धी दलहरूले आ–आफ्ना शीर्ष नेतालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेसले गगन थापा, एमालेले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।

ओली र शाह एउटै निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्दै छन्। त्यसैले यी दुईमध्ये एकको प्रधानमन्त्री बन्ने सपना २१ फागुनमै समाप्त हुने निश्चित छ। औपचारिक घोषणा नभए पनि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भावी प्रधानमन्त्रीको दौडमा देखिन्छन्। एउटै दलको बहुमत नआउने अवस्थामा पुनः प्रधानमन्त्री बन्न सकिने आङ्कलन उनी स्वयंले गरेका छन्।

यसैबीच, भर्खरै दर्ता भएको श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भावी प्रधानमन्त्री घोषणा गरेको छ भने उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अबको प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...