शिक्षा

उच्च अदालत पाटनको रायमाझीको थुनामुक्त निवेदनमा कैफियत प्रतिवेदन माग

उच्च अदालत पाटनको रायमाझीको थुनामुक्त निवेदनमा कैफियत प्रतिवेदन माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंउच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका एमाले नेता टोपबहादुर रायमाझीको थुनामुक्त निवेदनमा जिल्ला अदालत काठमाडौंको कारागार पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेका हुन्। जिल्ला अदालतले १ असार २०८० मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। त्यसपछि पुस ११ गते उनले थुनामुक्त हुने निवेदन दिएको भए पनि अदालतले अस्वीकृत गर्‍यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित १६ जनालाई कारागार चलान गरिएको थियो। त्यसमध्ये नेपाली कांग्रेस नेता र पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्। तर रायमाझी दुई वर्षदेखि कारागारमै रहेका छन्। ...
सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनालबुटवल‘स्वच्छ बुटवल–हरित बुटवल, ऐतिहासिक बुटवल–पर्यटकीय बुटवल’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको बुटवल बृहत् सरसफाइ अभियान–२०८२ दोस्रो दिन शुक्रबार पनि व्यापक सहभागिताका साथ सम्पन्न भएको छ।पौष १८ गते बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अभियानको औपचारिक उद्घाटन गरेका थिए। सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको अभियान अन्तर्गत आज दोस्रो दिनको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।दोस्रो दिनको कार्यक्रम अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलका प्रधानाध्यापक दिनेश भुसालको संयोजकत्वमा सुरु गरिएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले बुटवललाई स्वच्छ, हरित र सुन्दर सहर बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर...
५ महिनामा रेमिट्यान्स रकम ८ खर्ब ७० अर्ब पुग्यो

५ महिनामा रेमिट्यान्स रकम ८ खर्ब ७० अर्ब पुग्यो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, रेमिट्यान्स ३५.६ प्रतिशत बढेर ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो । साथै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७०० अर्ब ४३ करोडभन्दा बढी हो । राष्ट्र बैंकका अनुसार, पछिल्ल...
अहिलेको सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

अहिलेको सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् ।गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।कार्यक्रमको उद्‍घाटन समारोहमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए ।सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।जेनजी जनआन्दोलन सुशासन कायमको ला...
लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएको छ । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उहाँले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताउनुभयो । ‘नियतवश होटल, क्याटरिङ व्यवसाय, उद्योग तथा पसलहरूमा आगो लगाइयो । यस्तो अपराध गर्नेलाई अविलम्ब कारबाही गर्नैपर्छ’उहाँले भन्नुभयो,‘लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो । राज्य कमजोर हुन हुँदैन ।’उहाँका अनुसार र...
अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी

अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका सर्जन विकले उजुरी दर्ता गराएका हुन् । उनका अनुसार उजुरीमाथि छानबिन तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ र यसको अन्तिम निर्णय अन्तिम नामावली सार्वजनिक हुँदा जानकारी गराइनेछ । अपाङ्गता क्लस्टरका उम्मेदवार घिमिरे ‘घ’ वर्गको अपाङ्गता भएको दाबी पारिवारिक स्रोतले गरेको छ । निर्वाचन कार्यालयले कानुनी प्रक्रिया अनुसार प्रमाणको अध्ययनपछि निर्णय लिने जनाएको छ ...
मेमोरी चिपको मूल्यमा विश्वव्यापी उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान, के हुन्छ असर ?

मेमोरी चिपको मूल्यमा विश्वव्यापी उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान, के हुन्छ असर ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी दिनहरूमा विश्वव्यापी मेमोरी चिपको मूल्यमा तीव्र वृद्धि हुने अपेक्षा गरिएको छ । विश्लेषकहरूले २०२६ को पहिलो त्रैमासिक (२०२६ को पहिलो त्रैमासिक) मा मेमोरी मूल्यमा उच्च दोहोरो अंकको वृद्धि हुने अनुमान गरेका छन् । यो मुख्यतया चिप कम्पनीहरूले उपभोक्ता उपकरणहरूबाट एआई सर्भर उत्पादनमा ध्यान केन्द्रित गरेको कारणले हो । रिपोर्टहरू अनुसार, सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले यस त्रैमासिकमा सर्भर मेमोरीको मूल्य ७० प्रतिशतसम्म बढाउने तयारी गरिरहेका छन् । कोरिया इकोनोमिक डेलीको रिपोर्टका अनुसार यदि यो वृद्धि २०२५ मा भएको लगभग ५० प्रतिशत वृद्धिसँग जोडियो भने, मेमोरीको मूल्य २०२६ को मध्यसम्ममा लगभग दोब्बर हुन सक्ने उल्लेख छ ।साथै, सामसुङ, एसके हाइनिक्स र अमेरिकामा आधारित माइक्रोनले विश्वव्यापी मेमोरी उत्पादनको अधिकांश भाग नियन्त्रण गर्छन् । यी कम्पनीहरूले अब आफ्नो उन्नत उत्पादन ...
लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गर्नुभएको छ । नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहिवार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष सपथ ग्रहण गर्नुभएको छ । यस्तै नव नियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष सपथ ग्रहण गर्नुभएको हो ।नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथ ग्रहण...
गगन र विश्वप्रकाशलाई काउन्टर दिने संस्थापन पक्षको तैयारी

गगन र विश्वप्रकाशलाई काउन्टर दिने संस्थापन पक्षको तैयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।काठमाडौं । नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।महामन्त्रीद्वयले विशेष महाधिवेशनलाई अगाडी बढाएपछि त्यसलाई काउन्टर दिन पुस २७ र २८ गते नै कार्यक्रम गर्ने भएको छ ।सभापति देउवा निवासमा भएको संस्थापन पक्षका नेताको छलफलमा पुस २७ गते तरुण दलले युवा भेला बोलाउने भएको छ भने पुस २८ गते जिल्ला सभापतिहरुको भेला गर्ने भएको छ ।महामन्त्रीद्वय थापा र शर्माको सहयोगमा विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन गर्ने घोषणा गरेर महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्तालाई सहभागिताको लागि आव्हान गरिरहेका छन् । यसैबीच विहिबार बिहान नेता डा. शेखर कोइरालाले सभापति देउवासँग भेटवार्ता गरे...
राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाई भेट: द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

राष्ट्रपतिसँग अमेरिकी राजदूतकाे बिदाई भेट: द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।विहिबार शितल निवासमा राष्ट्रपति पौडेलसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदूत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् । ...