स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी



काठमाडौं
सरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ ।

रोग नियन्त्रण तथा निगरानीका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी), औषधि तथा खाद्यलगायत स्वास्थ्य सामग्री नियमनका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) र स्वास्थ्य संस्थाको गुणस्तर मापन तथा प्रमाणीकरणका लागि नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटी (एनएचएए) स्थापना गर्ने अवधारणामा सरकारले काम अघि बढाएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छचता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रको बदलिँदो आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ मोडलमा विकास गर्ने बताए ।
अहिलेको स्वास्थ्य सेवा विभागको आधुनिक रूपमा विकास गर्ने अवधारणा छ । त्यसमा रोग नियन्त्रण तथा निगरानीसँगै अनुसन्धान, अध्ययन, एकेडेमिक काम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माणलाई समेत जोड दिइने छ ।
‘सीडीसी भनेको अहिलेको स्वास्थ्य सेवा विभागको अर्को रूप हो,’ देवकोटाले भने, ‘आधुनिक, वैज्ञानिक बनाउँदै अहिलेका उपलब्धिलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय बढाउने गरी विकास गर्न खोजिएको हो ।’
उनका अनुसार सीडीसीभित्र अहिले स्वास्थ्य मन्त्रालय तथा विभागअन्तर्गत रहेका विभिन्न महाशाखा तथा संरचनालाई एकीकृत गरेर लैजान सकिने छ । अनुसन्धान तथा खोजमूलक कामका लागिसमेत छुट्टै संरचना र क्षमता विकास गर्ने तयारी छ ।

छुटाउनुभयो कि ?

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...
अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...