काठमाडौँ
कांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनःसंरचना गर्ने प्रस्ताव अघि सारेका छन् । नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ ।
पार्टीको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा सभापति थापाले राजनीतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकै पटक परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनपूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन (प्राइमरी) वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ ।
कांग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनीतिक प्रतिवेदनमा सभापति थापाले कांग्रेस र नागरिकबीच पछिल्ला दुई दशकमा बढेको दूरीलाई पार्टीको प्रमुख राजनीतिक कमजोरीका रूपमा औंल्याएका छन् । गत २१ फागुनको निर्वाचन नतिजालाई त्यसैको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उनको धारणा छ । सत्ता, पद, गुट र पहुँचमा केन्द्रित पार्टी राजनीतिका कारण कांग्रेसले जनताको भरोसा गुमाउँदै गएको थापाको स्वीकारोक्ति छ ।
थापाले कांग्रेसको वैचारिक आधारलाई २१ औं शताब्दीअनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बदलिँदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकताअनुरूप नयाँ ढंगले परिभाषित गर्नुपर्ने उनको प्रस्ताव छ । राष्ट्रियतालाई भूगोल र सीमाको सुरक्षामा मात्र सीमित नगरी ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञान उत्पादन गर्ने क्षमतासँग जोड्नुपर्नेमा उनले जोड दिएका छन् ।
प्रस्तावित राजनीतिक प्रतिवेदनका मुख्य विषय :
राष्ट्रिय सहमतिका आधारमा मात्र संविधान संशोधन
प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने संवैधानिक व्यवस्था
संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारको स्पष्ट बाँडफाँट
पार्टी सदस्यको मतदानबाट उम्मेदवार छनोट
जनतासँग जोडिन छाया सरकार गठन
जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्ने
जेन–जी आन्दोलनमा भएको बल प्रयोग र हिंसाका दोषीलाई कारबाही गर्नुपर्ने
युवाको असन्तुष्टि र माग अध्ययन गर्न युवा विज्ञ कार्यदल
निजी क्षेत्रलाई उत्पादनको साझेदार बनाउनुपर्ने
पार्टीमा प्रशिक्षण, नीति, निर्वाचन र सुशासनसम्बन्धी संरचना
पार्टीभित्र आर्थिक पारदर्शिता लेखापरीक्षण
सार्वजनिक पदाधिकारी नियुक्तिमा भागबन्डा अन्त्य
भ्रष्टाचारको आरोप लागेका नेता/कार्यकर्ताको संरक्षण नगर्ने
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था
लोकतन्त्रलाई पाँच वर्षमा एक पटक मतदान गर्ने प्रक्रियामा सीमित नगरी नागरिकको निरन्तर सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव थापाको छ । प्रविधि र कृत्रिम बौद्धिकता (एआई) ले रोजगारी, शिक्षा र ज्ञान उत्पादनमा ल्याइरहेको परिवर्तनअनुसार शिक्षा र सीप प्रणाली पुनःसंरचना गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ ।थापाले कांग्रेसको वैचारिक आधारलाई २१ औं शताब्दीअनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बदलिँदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकताअनुरूप नयाँ ढंगले परिभाषित गर्नुपर्ने उनको प्रस्ताव छ । राष्ट्रियतालाई भूगोल र सीमाको सुरक्षामा मात्र सीमित नगरी ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञान उत्पादन गर्ने क्षमतासँग जोड्नुपर्नेमा उनले जोड दिएका छन् ।
प्रस्तावित राजनीतिक प्रतिवेदनका मुख्य विषय :
राष्ट्रिय सहमतिका आधारमा मात्र संविधान संशोधन
प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने संवैधानिक व्यवस्था
संघ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारको स्पष्ट बाँडफाँट
पार्टी सदस्यको मतदानबाट उम्मेदवार छनोट
जनतासँग जोडिन छाया सरकार गठन
जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्ने
जेन–जी आन्दोलनमा भएको बल प्रयोग र हिंसाका दोषीलाई कारबाही गर्नुपर्ने
युवाको असन्तुष्टि र माग अध्ययन गर्न युवा विज्ञ कार्यदल
निजी क्षेत्रलाई उत्पादनको साझेदार बनाउनुपर्ने
पार्टीमा प्रशिक्षण, नीति, निर्वाचन र सुशासनसम्बन्धी संरचना
पार्टीभित्र आर्थिक पारदर्शिता लेखापरीक्षण
सार्वजनिक पदाधिकारी नियुक्तिमा भागबन्डा अन्त्य
भ्रष्टाचारको आरोप लागेका नेता/कार्यकर्ताको संरक्षण नगर्ने
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था
लोकतन्त्रलाई पाँच वर्षमा एक पटक मतदान गर्ने प्रक्रियामा सीमित नगरी नागरिकको निरन्तर सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव थापाको छ । प्रविधि र कृत्रिम बौद्धिकता (एआई) ले रोजगारी, शिक्षा र ज्ञान उत्पादनमा ल्याइरहेको परिवर्तनअनुसार शिक्षा र सीप प्रणाली पुनःसंरचना गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ ।