अमेरिकाले इरानमा गर्यो फेरि आक्रमण
काठमाडौँअमेरिकाले इरानमा फेरि आक्रमण गरेको छ। गएराति दक्षिणी इरानमा अमिरिकाले फेरि हमला गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेरर रातारात हमला गरेको हो।रोयटर्सले एक अमेरिकी अधिकारीलाई हवाला दिँदै लेखेको समाचार अमेरिकी सेनाले इरानबाट उडाइएका धेरै ड्रोनहरू पनि खसालेको बताएका छन्। ती ड्रोनले अमेरिकी सैन्य फौज र हर्मुज जलमार्ग हुँदै हुने सीमित व्यावसायिक जहाज आवागमनमा खतरा निम्त्याएको दाबी गरिएको छ।
अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ (एकतर्फी आक्रमण ड्रोन) खसालेको थियो। त्यसपछि पाँचौँ ड्रोन उडाउनुअघि दक्षिणी इरानको बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरिएको थियो। उक्त स्थान इरानको सबैभन्दा महत्वपूर्ण बन...








