शिक्षा

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

युवतीलाई जिउँदै जलाउनेलाई फाँसीको सजाय माग गर्दै नेपालगंज सडकमा उत्रिए स्थानीय

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
नेपालगन्ज–१२, कोरियनपुरकी २२ वर्षीया सृजना बुढाको जिउँदै जलाएर हत्या गरिएको भन्दै परिवार र स्थानीयवासी आन्दोलित बनेका छन् । ‘गीता’ नामले चिनिने सृजना बुढाको घटनापछि आक्रोशित भीडले दोषीलाई कडा कारबाही गर्न माग गर्दै सडकमा उत्रिएको हो । सृजनालाई उनका प्रेमी भनिने व्यक्तिले आगो लगाएर हत्या गरेको परिवारको आरोप छ ।सृजनाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्नताको आशङ्कामा स्थानीय २४ वर्षीय गोलु भनिने मोहम्मद आरिफ ढपालीसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकालाई कुनै पनि बहानामा उम्कन नदिन र घटनालाई तोडमोड हुन नदिन दबाब दिँदै परिवारका सदस्य र स्थानीयवासीले सोमवार जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमै नाराबाजी गरेका छन् । उनीहरूले दोषीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन् । यसैबिच, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको टोलीले पनि घटनाको ...
पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवसमा फुटसल प्रतियोगिताको आयोजना

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासङ्घ रुपन्देहीको ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता शुरु भएको छ ।पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले पत्रकार महासंघ रुपन्देहीले बार्षिकोत्सवमा अवसरमा फुटसल प्रतियोगिता आयोजना गरी जिल्ला भित्रका संघ संस्था संग भातृत्व,एकता,व्यायाम, मनोरञ्जन र कल्याणकारी कोष वलोयो वनाउने उद्देश्य राखेको महासंघ रुपन्देही शाखा जुझारु रहेकोमा खुसी लागेको वताउदै नगरपालिकाले हिंजो,आज र भोलि पनि राम्रा कामना हरेक हिसाबले सहयोग गर्ने वताइन्।पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष रामराज पोखरेलले पत्रकार निश्पक्ष रुपमा शुशासन,विकाश र सम्बृद्धिमा क्रियाशील हुन आवश्यक रहेको धारणा राखेका थिए।उनले जिल्ला शाखा यि र यस्ता उत्कृष्ट काम ...
रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

रास्वपा सभापति लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्ध दायर रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को इजलासले उक्त रिट पूर्ण इजलासमा पेस गर्न निर्देशन दिएको हो ।महान्यायाधिवक्ता सविता भण्डारी ले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।कास्कीको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारीमा लामिछानेलाई ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको कसुरमा प्रतिवादी बनाइएको चितवनमा भने सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण र सङ्गठित अप...
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौँको धुम्बाराहीबाट आइतबार मध्यराति पक्राउ गरेको हो ।नेकपा एमालेकाे तर्फबाट लुम्बिनी प्रदेश सभाकाे निर्वाचित सांसद रहेकी रेखा शर्मालाई ८ वर्षदेखि एक बालिकालाई बन्दी बनाई घरेलु कामदारका रूपमा हिंसा र दैनिक कुटपिट गर्दै आएको अभियोगमा पक्राउ गरिएको हो।उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । राजनीतिक प्रभावका कारण उनीमाथिको मुद्दा अघि बढ्न सकेको थिएन । महानगरले मुुलुकी फौजदारी संहिता ऐन २०७४ को दास बनाउन नहुने कसुर अन्तर्गत कारबाही लागि प्रहरीमा उजुरी दिएको थियो । शर्मालाई गिरफ्तारीका लागि अदालतले पक्राउ पुर्जी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन । महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछ...
२०६२ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गरिने, १५ दिनभित्र समिति गठन गरिने

२०६२ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गरिने, १५ दिनभित्र समिति गठन गरिने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ ।शुक्रबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीमा पहिलो चरणमा २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति गर्न समिति बनाउने भएको हो ।सो निर्णयमा भनिएको छ- 'देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने । सो समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गर्न...
दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
वीरगञ्जवीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ ।यसैबीच, वीरगञ्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ । कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गर्दै आएका टिआरएस हिमायन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका जानकारी दिए ।“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उनले भने, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन् ।” वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा यो नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य पर्ने २० करो...
रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रह

रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, आबद्धता वा समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यस्तो धारणा सार्वजनिक गरिएको हो ।पार्टीले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिएको उल्लेख गर्दै हालै सम्पन्न आम निर्वाचनमा पनि निजामती सेवाको सुदृढीकरणका लागि प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।विज्ञप्तिमा पछिल्लो समय निजामती सेवाभित्र विभिन्न समूह वा अभियान सञ्चालन गरी पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । रास्वपाले यस्ता कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्ट...
बालेन्द्र शाह नेपालको प्रधानमन्त्री पदमा नियुक्त ,मन्त्री बन्नेहरुको नाम टुंगियो

बालेन्द्र शाह नेपालको प्रधानमन्त्री पदमा नियुक्त ,मन्त्री बन्नेहरुको नाम टुंगियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । जस अनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, गृहमन्त्रीमा सुदन गुरुङ, कानुनमन्त्रीमा सोबिता गौतम, उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी, पर्यटनमन्त्रीमा गणेश पौडेलको नाम निश्चित भएको छ ।त्यसैगरी रास्वपा...
नेप्से १४ अङ्कले बढ्यो

नेप्से १४ अङ्कले बढ्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँयो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो ।आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैङ्क शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव ३७, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव ५६, लगानी शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन एक दशमलव ५०, लघुवित्त शून्य दशमलव २०, निर्जीवन बिमा शून्य दशमलव ४३ र अन्य समूह शून्य दशमलव ६५ प्रतिशत...
निर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

निर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् ।शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।शपथ ग्रहण लिन सांसदहरुलाई औपचारिक र आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति भएका थिए । संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गरेका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ ।गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतफ १...