बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न



बुटवल
मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको साईकल रयालीमा ५ वर्षका दुई बालकदेखी ६० वर्षसम्मको दुई दर्जन साईकल राईडरहरु सहभागी भएका थिए । मणिमुकुन्द कलेज परिसरबाट बिहान ६ बजे शुरु भएको रयाली देविनगर, बुद्धनगर हुदै नयागाउ स्वामीनारायण मुक्तिनाथ धाममा पुग्दा धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजले विशेष स्वागत गरेका थिए । धाममा श्रावण महिनाभरि चलिरहेको अखण्ड रुद्राभिषेकको साथमा सवाकरोड शिवनाम जप यज्ञमा समेत साईकल राईडरहरु सहभागी भए ।
श्री शिशुज्ञानकुन्जमा एलकेजीमा अध्ययरत श्रीनव अर्याल र क्रिस आङ्देम्बेले पुरै साईकल यात्रा चलाए । धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजबाट उनिहरुले आर्शिबाद ग्रहण गरे । रयाली मैनाबगर, गणेशमन्दिर, गोलपार्क, सैनिक आवासिय महाविद्यालय बुटवल हुदै राजमार्ग चौराहामा आएर समापन भएको थियो ।
कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले छोटो तर धेरै उत्तम साईकल यात्रा भएको बताए । बुटवलमा रहेको धार्मिक क्षेत्र र नया रुटसहित यात्रा गर्दा धेरै रमाईलो भएको सुनाए ।
विश्वभर नै कोरा हुने क्रममा बुटवलमा पनि प्रत्येक वर्ष विभिन्न क्लबहरुको संयोजनमा हुदै आएको संयोजक दिपक कार्कीले बताए । नया र युवाहरुलाई सहभागी हुने गरि कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।
क्लबको नियमित वार्षिक कार्य अनुसार नै यसवर्ष पनि कोरा गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए । कोराको मुलमर्म अनुसार धार्मिक पर्यटकिय स्थलहरुको परिक्रमासंगै सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्य रहेको उनले बताए ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...