अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध



काठमाडौँ
अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। काभ्रेको रोशी गाउँपालिका ७ र ८ स्थित घुमाउने र गिम्दीमा पहिरो खसेका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, खुर्कोट–नेपालथोक सडक खण्डमा बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग दुई ठाउँमा (जिरो किलो र कोदारी) पहिरोका कारण पूर्ण रूपमा बन्द छ। ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ पनि पहिरो र बाढीको जोखिमका कारण ठप्प भएको छ। धादिङको जवादखोलास्थित पृथ्वी राजमार्ग भने अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।

कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने भोजपुरको मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सुचारु छ।

गण्डकी प्रदेशमा कालीगण्डकी करिडोर बागलुङको बेलबगरमा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। नवलपरासी (पूर्व)को दाउन्नेमा पहिरो खसेका कारण पूर्व–पश्चिम राजमार्ग अहिले एकतर्फी मात्र सञ्चालनमा छ, जसले गर्दा सवारीको चाप बढेको छ।

लुम्बिनी प्रदेशका अर्घाखाँची र गुल्मीमा पनि सडक अवरुद्ध भएका छन्। अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड र गुल्मीको वामी–रिडी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

रसुवाको पासाङ ल्हामु सडक खण्ड र दोलखाको सखिनेमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...