रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड



रुपन्देही
रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना गरिएको थियो ।

क्लबका नवनिर्वाचित अध्यक्ष विक्रम रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरी प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, मेजर डोनर, मेन्टर तथा सदस्यहरू गरी करिब १५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन प्रेसिडेन्ट नोमिनी मिलन भण्डारीले गरेका थिए भने सञ्चालन निवर्तमान सचिव ओम खत्री र नवनियुक्त सचिव राजेश खरेलले गरेका थिए । स्वागत मन्तव्य मिलन भण्डारीले व्यक्त गरेका थिए ।

समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै जिम्मेवारी हस्तान्तरण गरिएको थियो । नयाँ कार्यसमितिमा अध्यक्षमा विक्रम रिजाल, सचिवमा राजेश खरेल र कोषाध्यक्षमा कृष्ण चौधरी रहेका छन ।

कार्यक्रममा बोल्ने वक्ताहरूले रोटरी क्लब अफ रुपन्देहीले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा सक्रिय रहने विश्वास व्यक्त गरेका थिए ।

विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रोटरी क्लब अफ रुपन्देही यस क्षेत्रकै उत्कृष्ट सामाजिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै नगरपालिकासँग सहकार्य गरेर विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको बताए । उनले आगामी दिनमा पनि नगरपालिकाले क्लबसँग सहकार्य गर्दै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै क्लबका पूर्वअध्यक्ष सीए हरि लम्सालले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, क्लबका सदस्य तथा उनीहरूका परिवारजनलगायत सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे ।

समारोहको समापन गर्दै रोटरी वर्ष २०२६/२७ का अध्यक्ष विक्रम रिजालले सबैको सहयोग, विश्वास र सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै समाजसेवाका कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले रोटरीको मूल भावना अनुरूप समुदायको हित र विकासका लागि क्लब निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरे ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...