शिक्षा

देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं : एमाले महासचिव पोखरेल

देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं : एमाले महासचिव पोखरेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, लुटपाट र आगजनीमा संलग्न आपराधिक समूहविरुद्ध कडा कारबाहीको माग गरेका छन् । उनले देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका हुन् । पोखरेलले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “जेन–जी आन्दोलनका नाममा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेका छन् । राष्ट्रद्रोही र हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, उनीहरूलाई कानूनअनुसार कडा कारबाही हुनुपर्छ ।” उनले देशभर शान्ति–सुरक्षाको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा राजनीतिक स्वार्थका लागि आरोप–प्रत्यारोपको खेलले समस्या झनै गम्भीर बनाउने चेतावनी दिए । उनको भनाइमा, “देश जलिरहेको छ, यस्तो बेला सच्चा ना...
पदयात्रामा फसे पर्यटक, उद्धार टोली परिचालित

पदयात्रामा फसे पर्यटक, उद्धार टोली परिचालित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौंअन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो । सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो ।उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरकेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए ।अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ । ...
देश बन्दैछ कि बन्द हुँदैछ ?

देश बन्दैछ कि बन्द हुँदैछ ?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
सुशीला कार्कीको सरकार र जेन्जी आन्दोलनको व्यङ्ग्य कथा सुर्य ज्ञवाली, बुटवलदेश बनाउने सपना हरेक सरकारले देखाउँछ, नीति बनाउँछ, घोषणापत्र लेख्छ, भाषण गर्छ। तर आज जब हामी वरिपरि नजर घुमाउँछौं, “देश बन्दैछ” भन्ने वाक्य अब व्यङ्ग्य जस्तो लाग्न थालेको छ। सडकहरूमा पसलहरू अघिल्ला वर्षझैं व्यस्त छैनन्। होटल बन्द, भाटभटेनीका शाखाहरू बन्द, बत्ति नतिरेका उद्योगहरू बन्द,हाइड्रोपावर बाढीले ठप्प, उद्योग विद्युत्‌ अभावले ठप्प, अनि पर्यटन आधा घटेर अक्सिजनमा जस्तै टिकिरहेको छ।तर सुशीला कार्कीको सरकार भने भ्रष्टाचारविरुद्ध कठोर अभियानको नाममा “नयाँ युग सुरु भएको” बताउँदैछ। न्यायालयको सिंगारपटार बढेको होला, तर बजारको गती घटेको छ। जनताका आँखामा न्यायभन्दा बढी चिन्ता छ “काम कता पाउने?”देशमा कानुन बलियो हुन सक्छ, तर खाली पेटले कानुन पढ्दैन।यता अर्को छेउमा, जेन्जी आन्दोलनले नयाँ पुस्ताको आवाज उठाइरहेको ...
आज यी प्रदेशमा हुनेछ वर्षासहित हिमपात

आज यी प्रदेशमा हुनेछ वर्षासहित हिमपात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानह...
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रूपन्देहीसूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु त...
तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो

तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालको वैदेशिक व्यापारमा आयात १९.७९ प्रतिशतले बढेको छ ।आइतबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा आयात १९.७९ प्रतिशत बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार तीन महिनमा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार बराबरको आयात भएको थियो ।यस्तै यस आर्थिक बर्षको तीन महिनामा ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार बराबरको निर्यात भएको थियो ।यस आर्थिक बर्षको तीन महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको तीन मह...
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँकार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ ।बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने प...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ । विभागले हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।आज देशभर आंशिक बदली रहने छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।त्यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै विभागले कार्तिक ११ गते (मंगलबार) गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र ...
सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अब अलगहुने

सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अब अलगहुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंअब सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको छ । सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२ कार्यान्वयनमा ल्याएसँगै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको हो ।‘सार्वजनिक संस्थानको नियमनकारी तथा सञ्चालन सम्बन्धी कार्य अलग गरिने छ,’ उक्त नीतिको कार्यनीतिमा छ ।सार्वजनिक संस्थानको व्यवस्थापन तथा कार्य सम्पादनमा संस्थागत स्वायत्तता सुनिश्चितता गर्ने उद्देश्य नयाँ नीतिले राखेको छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण सहित संस्थानले नियमनकारी र सेवा प्रदायक दुवै भूमिका एउटै निकायले निर्वाह गरिरहेका छन् ।लामो समयदेखि यस्तो भूमिका अलग गर्ने नीति सरकारको रहे पनि कर्मचारीको असहयोगका कारण सरकारले कार्यान्वयन भने गर्न सकेको छैन ।नयाँ नीतिमा सार्वजनिक संस्थान सञ्चालक समितिलाई नीति निर्माण तथा व्यावसायिक उद्देश्य प्...
रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल

रूपन्देहीको गैडहवा सन्तघाटमा छठ पर्वको तयारी पुरा : अध्यक्ष सुरेन्द्र पौडेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीसोमबार छठ पर्वलाई भव्य रूपमा मनाउनका लागि गैडहवा गाउँपालिका–६ सन्तघाट किनारमा तयारी अन्तिम चरणमा पुगेको छ।गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार, सन्तघाट रुपन्देहीकै ठुलो छठ घाटका रूपमा परिचित हुँदै आएको छ। हाम्रो मधेशमा छठ पर्व आस्थाको ठूलो पर्व हो। यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन हामी सबै मिलेर लागिरहेका छौं अध्यक्ष पौडेलले बताए। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यो नै संसारको एक मात्र पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यही कारणले यो पर्व श्रद्धा, आस्था र शुद्धताको प्रतीक मानिन्छ। यस वर्ष सन्तघाटमा हजारौँ बेदी निर्माण भएका छन्। समितिका अनुसार करिब २० हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। स्थानीय बासिन्दाका साथै छिमेकी गाउँपालिका र आसपासका जिल्लाबाट समेत भक्तजन आउने अनुमान गरिएको छ। सन्तघाट वरिप...