देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं : एमाले महासचिव पोखरेल


काठमाडौँ
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, लुटपाट र आगजनीमा संलग्न आपराधिक समूहविरुद्ध कडा कारबाहीको माग गरेका छन् ।

उनले देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका हुन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “जेन–जी आन्दोलनका नाममा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेका छन् । राष्ट्रद्रोही र हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, उनीहरूलाई कानूनअनुसार कडा कारबाही हुनुपर्छ ।”

उनले देशभर शान्ति–सुरक्षाको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा राजनीतिक स्वार्थका लागि आरोप–प्रत्यारोपको खेलले समस्या झनै गम्भीर बनाउने चेतावनी दिए ।

उनको भनाइमा, “देश जलिरहेको छ, यस्तो बेला सच्चा नागरिक र जिम्मेवार राजनीतिक शक्तिहरूले सत्य र न्यायको वकालत गर्नुपर्छ, विभाजन होइन, एकताको सन्देश दिनुपर्छ ।”

एमाले महासचिव पोखरेलले जेन–जी आन्दोलनका क्रममा देखिएका विध्वंसकारी गतिविधि र त्यसका पछाडिका ‘राजनीतिक प्रायोजनहरू’को छानबिन गर्न पनि सरकारसँग आग्रह गरेका छन् । उनले भनेका छन्–“युवाहरूको असन्तुष्टि समाधानको बाटो संवाद र नीति–सुधारबाट खोजिनुपर्छ, हिंसा र तोडफोडले समाजमा भय र अस्थिरता मात्रै बढाउँछ ।”

पोखरेलले देशको स्थायित्व र शान्ति–सुरक्षालाई सबैभन्दा माथि राख्दै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

उनले हिंसा र अराजकताविरुद्ध एकजुट हुन सबैलाई अपील गर्दै निष्कर्षमा भनेका छन्, “देशको भविष्य युवामा निर्भर छ, तर त्यो भविष्य हिंसा होइन, सचेत नेतृत्व र न्यायपूर्ण समाज निर्माणबाट सुरक्षित हुन्छ ।”

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...