उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न


रूपन्देही
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।
कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।
मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान्न परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपूर्ण र सैहार्दपुर्ण रूपमा सम्पन्न भएको छ।

रुपन्देहीको गैडहवा–६ सन्तेश्रर घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न


रुपन्देहीको गैडहवा गाउँपालिका–६ सुर्यपुरा सन्तेश्रर घाटमा छठ पर्व मेला सम्पन्न भएको छ।

चार दिनसम्म चलेको यो सूर्य उपासना पर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरिएको हो।
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले व्रत पारण गरेका हुन्।
उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ। यसरी बिहान घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा समाप्त हुने परम्परा रहँदै आएको छ।

सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि अपनाउँछन्। पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल तथा सूर्यबाट हुने भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गरिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।
कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख, समृद्धि र सन्तान प्राप्ति हुने जनविश्वास छ।

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले सबैको सहकार्यका कारण छठ पर्व व्यवस्थित र सभ्य रूपमा सम्पन्न भएको बताए। उनका अनुसार सन्तेश्रर घाट रुपन्देहीकै ठूलो छठ घाटको रूपमा स्थापित हुँदै गएको छ।
गैडहवा गाउँपालिकाले यस वर्ष पनि छठ पर्वलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सहयोग पुर्‍याएको छ। स्थानीय, समिति र सुरक्षाकर्मीको सक्रियताले यस पटक सन्तघाटको छवि अझ राम्रो बनेको छ,” पौड्यालले बताए।

छठ पर्व सूर्य सनातनी परिवारको आयोजनामा सम्पन्न भएको हो। परिवारका अध्यक्ष उमापतिनाथ मौर्यका अनुसार सन्तघाटमा करिब २० हजारभन्दा बढी श्रद्धालुहरू उपस्थित भएका थिए।

सुरक्षा, सरसफाइ र व्यवस्थापनका कारण यो वर्षको पर्व अत्यन्तै सफल र शान्तिपूर्ण रह्यो,” अध्यक्ष मौर्यले बताए।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पनि छठ पर्व सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजनामा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

महिलाहरूले नदी किनारमा बेदी बनाई सूर्यदेवलाई अर्घ्य अर्पण गरे भने पुरुष, बालबालिका र वृद्धवृद्धा सबैजना उपस्थित भएका थिए।

पर्वका क्रममा कुनै दुर्घटना वा अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ। सुरक्षाका लागि प्रहरी, स्थानीय स्वयंसेवक र आयोजन समिति निरन्तर सक्रिय थिए।

सूर्य उपासना, शुद्धता र आत्मसंयमको प्रतीक मानिने छठ पर्व यस वर्ष पनि गैडहवामा श्रद्धा, विश्वास र सद्भावसहित सम्पन्न भएको छ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...