देश बन्दैछ कि बन्द हुँदैछ ?


सुशीला कार्कीको सरकार र जेन्जी आन्दोलनको व्यङ्ग्य कथा

सुर्य ज्ञवाली, बुटवल
देश बनाउने सपना हरेक सरकारले देखाउँछ, नीति बनाउँछ, घोषणापत्र लेख्छ, भाषण गर्छ। तर आज जब हामी वरिपरि नजर घुमाउँछौं, “देश बन्दैछ” भन्ने वाक्य अब व्यङ्ग्य जस्तो लाग्न थालेको छ।

सडकहरूमा पसलहरू अघिल्ला वर्षझैं व्यस्त छैनन्। होटल बन्द, भाटभटेनीका शाखाहरू बन्द, बत्ति नतिरेका उद्योगहरू बन्द,
हाइड्रोपावर बाढीले ठप्प, उद्योग विद्युत्‌ अभावले ठप्प, अनि पर्यटन आधा घटेर अक्सिजनमा जस्तै टिकिरहेको छ।
तर सुशीला कार्कीको सरकार भने भ्रष्टाचारविरुद्ध कठोर अभियानको नाममा “नयाँ युग सुरु भएको” बताउँदैछ। न्यायालयको सिंगारपटार बढेको होला, तर बजारको गती घटेको छ। जनताका आँखामा न्यायभन्दा बढी चिन्ता छ “काम कता पाउने?”देशमा कानुन बलियो हुन सक्छ, तर खाली पेटले कानुन पढ्दैन।
यता अर्को छेउमा, जेन्जी आन्दोलनले नयाँ पुस्ताको आवाज उठाइरहेको छ “हामी परिवर्तनका लागि आएका हौं।”तर परिवर्तनका नारा सडकमा गुन्जिँदै गर्दा,उद्योग, व्यापार, रोजगारी, र आम जनताको विश्वास भने चुपचाप बन्द हुँदै गएको छ।
अर्थतन्त्रको रिपोर्टहरू सङ्केत गर्छन् लगानी घट्दैछ, उत्पादन घट्दैछ, र युवा शक्ति विदेशतिर ढल्किँदैछ।तर राजनीतिकदलहरूको संख्या घटेको छैन, मतदाता नामावली अझै बढ्दैछ।देशमा रोजगारी कम, तर दल दर्ता बढी यो विरोधाभास अब सामान्य कुरा जस्तै भइसकेको छ। हामी अहिले यस्तो अवस्थामा छौं जहाँ “देश बन्दैछ” भन्ने वाक्य सुनिँदा पनि हाँसो आउँछ ,कारण?
देश बन्दैछ भनेका सबै क्षेत्र उद्योग, पर्यटन, उत्पादन, रोजगारी क्रमशः बन्द हुँदैछन्।
तर खुला छन् भने दल दर्ता, चुनावी भाषण, र सामाजिक सञ्जालका आश्वासन। सुशीला कार्कीको सरकारले न्यायमा सफाइ ल्याउने प्रयास गरिरहेको छ, जेन्जी आन्दोलनले नयाँ ऊर्जा जगाइरहेको छ। तर दुबैबीच जनताको दैनिक जीवन बिचमै अड्किएको छ।

न्यायालय सफा हुन सक्छ, आन्दोलनले उत्साह जगाउन सक्छ, तर यदि पेट भोको छ भने, परिवर्तनको भाषणले मात्र देश बन्दैन ।

देश बन्दैछ भन्ने विश्वास तब मात्र साँचो हुनेछ ,जब कारखानाका गेट खुल्नेछन्,रोजगारीका अवसर बढ्नेछन्,विद्युत् र उद्योगको ताल मिल्नेछ,र जनताले देशप्रतिको गर्व फेरि महसुस गर्नेछन्। त्यो दिनसम्म,“देश बन्दैछ” भन्ने वाक्यअब पनि व्यङ्ग्यको हेडलाइनमै रहनेछ।

लेखक बुटवलका व्यवसायी हुन्।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...