देश बन्दैछ कि बन्द हुँदैछ ?


सुशीला कार्कीको सरकार र जेन्जी आन्दोलनको व्यङ्ग्य कथा

सुर्य ज्ञवाली, बुटवल
देश बनाउने सपना हरेक सरकारले देखाउँछ, नीति बनाउँछ, घोषणापत्र लेख्छ, भाषण गर्छ। तर आज जब हामी वरिपरि नजर घुमाउँछौं, “देश बन्दैछ” भन्ने वाक्य अब व्यङ्ग्य जस्तो लाग्न थालेको छ।

सडकहरूमा पसलहरू अघिल्ला वर्षझैं व्यस्त छैनन्। होटल बन्द, भाटभटेनीका शाखाहरू बन्द, बत्ति नतिरेका उद्योगहरू बन्द,
हाइड्रोपावर बाढीले ठप्प, उद्योग विद्युत्‌ अभावले ठप्प, अनि पर्यटन आधा घटेर अक्सिजनमा जस्तै टिकिरहेको छ।
तर सुशीला कार्कीको सरकार भने भ्रष्टाचारविरुद्ध कठोर अभियानको नाममा “नयाँ युग सुरु भएको” बताउँदैछ। न्यायालयको सिंगारपटार बढेको होला, तर बजारको गती घटेको छ। जनताका आँखामा न्यायभन्दा बढी चिन्ता छ “काम कता पाउने?”देशमा कानुन बलियो हुन सक्छ, तर खाली पेटले कानुन पढ्दैन।
यता अर्को छेउमा, जेन्जी आन्दोलनले नयाँ पुस्ताको आवाज उठाइरहेको छ “हामी परिवर्तनका लागि आएका हौं।”तर परिवर्तनका नारा सडकमा गुन्जिँदै गर्दा,उद्योग, व्यापार, रोजगारी, र आम जनताको विश्वास भने चुपचाप बन्द हुँदै गएको छ।
अर्थतन्त्रको रिपोर्टहरू सङ्केत गर्छन् लगानी घट्दैछ, उत्पादन घट्दैछ, र युवा शक्ति विदेशतिर ढल्किँदैछ।तर राजनीतिकदलहरूको संख्या घटेको छैन, मतदाता नामावली अझै बढ्दैछ।देशमा रोजगारी कम, तर दल दर्ता बढी यो विरोधाभास अब सामान्य कुरा जस्तै भइसकेको छ। हामी अहिले यस्तो अवस्थामा छौं जहाँ “देश बन्दैछ” भन्ने वाक्य सुनिँदा पनि हाँसो आउँछ ,कारण?
देश बन्दैछ भनेका सबै क्षेत्र उद्योग, पर्यटन, उत्पादन, रोजगारी क्रमशः बन्द हुँदैछन्।
तर खुला छन् भने दल दर्ता, चुनावी भाषण, र सामाजिक सञ्जालका आश्वासन। सुशीला कार्कीको सरकारले न्यायमा सफाइ ल्याउने प्रयास गरिरहेको छ, जेन्जी आन्दोलनले नयाँ ऊर्जा जगाइरहेको छ। तर दुबैबीच जनताको दैनिक जीवन बिचमै अड्किएको छ।

न्यायालय सफा हुन सक्छ, आन्दोलनले उत्साह जगाउन सक्छ, तर यदि पेट भोको छ भने, परिवर्तनको भाषणले मात्र देश बन्दैन ।

देश बन्दैछ भन्ने विश्वास तब मात्र साँचो हुनेछ ,जब कारखानाका गेट खुल्नेछन्,रोजगारीका अवसर बढ्नेछन्,विद्युत् र उद्योगको ताल मिल्नेछ,र जनताले देशप्रतिको गर्व फेरि महसुस गर्नेछन्। त्यो दिनसम्म,“देश बन्दैछ” भन्ने वाक्यअब पनि व्यङ्ग्यको हेडलाइनमै रहनेछ।

लेखक बुटवलका व्यवसायी हुन्।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...