तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो


काठमाडौं
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालको वैदेशिक व्यापारमा आयात १९.७९ प्रतिशतले बढेको छ ।
आइतबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा आयात १९.७९ प्रतिशत बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार तीन महिनमा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार बराबरको आयात भएको थियो ।
यस्तै यस आर्थिक बर्षको तीन महिनामा ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार बराबरको निर्यात भएको थियो ।
यस आर्थिक बर्षको तीन महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको तीन महिनामा कुल वैदेशिक व्यापार २६.०४ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड पुगेको छ । त्यसैगरी तीन महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष १०.१८ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४३ गुणामा झरेको छ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...