औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता
रुपन्देहीरुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डप स्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगको प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने भएको छ ।
यस क्षेत्रका पर्यटन व्यवसायी सँगको सहकार्यमा प्रदर्शनी अवधिभर आउने स्वेदशी तथा विदेशी पर्यटकहरुलाई प्याकेजमा नै समेट्ने गरी योजना बनेको संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।यो विषयमा यस क्षेत्रका पर्यटन व्यवसायीहरुसँग सहकार्य थालिएको उनको भनाई छ । हामीले यहाँका होटल तथा पर्यटन व्यवसायी संघको नेतृत्वसँग छलफल गरेर उनीहरुलाई नै प्याकेजका योजना मागेका छौं, कम्तीमा बुटवल बाहिरबाट प्रदर्शनीका लागि आउने पाहुनालाई कसरी यहाँ राख्न सकिन्छ र कसरी यस क्षेत्र वरिपरी भएका ...








