विपद्मा दलहरू एकजुट, उद्धार र राहतमा सक्रिय
काठमाडौंराजनीतिक मुद्दामा फरक–फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएका छन् ।
बाढीपछि उत्पन्न मानवीय संकटमा सत्तारुढदेखि प्रतिपक्षमा रहेका दलहरू आ–आफ्नै ढंगले उद्धार र राहतको साझा जिम्मेवारीमा जुटेका छन् । दलहरूले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आ–आफ्ना पार्टी पंक्तिलाई खटाएका छन् ।सत्तारुढ दल रास्वपाले पार्टी पंक्तिलाई र्याट (आरएटी) मार्फत सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार उद्धार र राहतको संयोजनको जिम्मा र्याटका पूर्वसंयोजक आशिष थापालाई दिइएको छ ।महामन्त्री आचार्यले १० भदौमा विज्ञप्ति जारी गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा राहतमा...








