‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने


काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइन, देशको दीर्घकालीन भविष्यका लागि ठोस योजना निर्माण हुनुपर्ने बताएका छन्।

रास्वपाका केन्द्रीय सदस्यहरूको कार्यशालाको समापन समारोहमा सम्बोधन गर्दै लामिछानेले बितेका ३५ वर्षको राजनीतिक हिसाब खोजेर बस्नुभन्दा आगामी ३५ वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने प्रश्नमा केन्द्रित हुनुपर्ने धारणा राखे।

उनले पुराना दल र नेताहरूले गरेका कामको समीक्षा आवश्यक भए पनि रास्वपाले आफ्नो ऊर्जा केवल आलोचनामा खर्च गर्न नहुने बताए। पार्टीले नागरिकको जीवनस्तर, शिक्षा नीति, सार्वजनिक सेवा, आर्थिक अवसर र देशको समग्र दिशाबारे स्पष्ट योजना अघि सार्नुपर्ने उनको भनाइ थियो।

“अब ३५ वर्षको हिसाब माग्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्,” लामिछानेले भने, “विगतमा कसले कति गर्‍यो भनेर मात्र कचकच गर्नेभन्दा अब हामीले के गर्ने भन्ने देखाउने समय आएको छ।”

उनले वर्तमान राजनीतिक परिस्थितिलाई रास्वपाका लागि इतिहासले दिएको अवसरका रूपमा व्याख्या गरे। यो अवसरलाई जनअपेक्षाअनुसार उपयोग गर्न नसके मुलुकमा निराशा अझ गहिरिन सक्ने उनले चेतावनी दिए।

लामिछानेले नागरिकले राज्यबाट के पाउने, शिक्षा व्यवस्था कस्तो बनाउने र मुलुकलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमा पार्टीभित्र गम्भीर बहस र स्पष्ट कार्ययोजना आवश्यक रहेको बताए।

सरकारका केही निर्णय तथा गतिविधि विवादमा परेको स्वीकार गर्दै उनले अहिलेसम्म सरकारमाथि अनियमितताको गम्भीर प्रश्न भने नउठेको दाबी गरे। पार्टीले अब आलोचनाभन्दा परिणाम देखिने काम, नीति र दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

छुटाउनुभयो कि ?

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वा...
सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग...
आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

आकासिँदै तरकारी र खाद्यान्नको मुल्य, दसैंमा मर्कामा उपभोक्ता

काठमाडौँचाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नस...