दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने


बुटवल
सरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत् ६० दिनभित्र विद्यालय/विश्वविद्यालयबाट दलीय विद्यार्थी संचरना हटाउने घोषणा गरिएको हो।

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्ने उक्त कार्यसूचीमा भनिएको छ।

त्यस्तै, विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार निकाल्ने कार्यसूचीमा उल्लेख छ।

विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्ने भनिएको छ।

कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने घोषणा पनि गरिएको छ।

‘उनीहरूलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार गर्ने कार्यसूचीमा उल्लेख छ।

छुटाउनुभयो कि ?

डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

डेरि ब्यवसायी समितिको पदस्थापन सम्पन्न

बुटवलरुपन्देही डेरी ब्यवसायी समितिको १८ औ साधारण सभा तथा आठौ अधिवेसनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक...
बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलमा शुक्रबारदेखि ५ दिने बुटवल खाना महोत्सव हुँदै

बुटवलहोटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा ‘बुटवल खाना महोत्सव’ आयोजना हुने भएको छ ।संघ...
नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो

काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको...
चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि

चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि

काठमाडौंचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ ।अघिल्लो आर्थि...