नागरिकको सन्तुष्टि बढाउने सरकारको कार्ययोजना


काठमाण्डौ — सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने घोषणा गरेको छ । यसका लागि ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्ययोजनाअनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने, आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा नियन्त्रण कार्यालय, मालपोत कार्यालय, दूरसञ्चार, खानेपानी, सार्वजनिक यातायात एवम् बजार अनुगमनलगायत क्षेत्रमा ३० दिनभित्र सेवाग्राहीको अनुभवमा मापनयोग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ ।

कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राहीमैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजातबारे अग्रिम जानकारी दिने र अनावश्यक चरण तथा झन्झट घटाउने विषयमा जोड दिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

सरकारी कार्यालयले सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नुपर्ने र सेवाग्राहीको गुनासो तथा समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने व्यवस्था पनि कार्ययोजनामा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वीकृत गरेको कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न हिजो पत्राचार गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कार्ययोजनाअनुसार पहिलो ३ दिनभित्र सरकारी कार्यालयहरूले मुख्य १० सेवा समस्याका साथै भिड हुने समय र दोहोरिने कागजातको पहिचान, समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ । त्यसपछि ४ देखि ७ दिनभित्र शीघ्र समाधानका उपाय कार्यान्वयन गर्दै सेवामा तत्काल देखिने गरी सुधार ल्याउनुपर्ने, टोकन प्रणाली व्यवस्थापन, १५ मिनेट दैनिक कामको समीक्षा र प्राथमिकताबारे छलफल गर्नुपर्ने तथा दोस्रो हप्ताभित्र तीनवटा प्रमुख सेवाहरूमा सरलीकरण भएको हुनुपर्नेछ ।

तेस्रो हप्तासम्म अनुगमन र जबाफदेहिता सुदृढ गर्ने, दैनिक पाँच सूचक मापन र पेन्डिङ फाइलहरूको समीक्षा तथा सुधार मापन गर्ने र चौथो सातासम्म सफल अभ्यासहरूको स्थायीकरण र विस्तार गर्नुपर्नेछ । यसबाट सरकारी कार्यालयमा औसत प्रतीक्षा समय, कागजातका कारण फर्किने सेवाग्राहीको संख्या र एउटै सेवा लिन धाइराख्नुपर्ने समस्या घटाउने सरकारको योजना छ ।

छुटाउनुभयो कि ?

रुपन्देही विद्युतीय व्यवसायी संघको १८औं स्थापना दिवस सम्पन्न, महासंघको साधारण सभा रुपन्देहीमा हुने

रुपन्देही विद्युतीय व्यवसायी संघको १८औं स्थापना दिवस सम्पन्न, महासंघको साधारण सभा रुपन्देहीमा हुने

रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले १८औं स्थापना दिवस संघको सचिवालय तिलोत्तमा भलवारीमा एक कार्यक्रमका विच सम्पन्न गरे...
बञ्चरेडाँडाको फोहोर व्यवस्थापन : आशिका तामाङ र जनप्रतिनिधिबीच चर्काचर्की

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन : आशिका तामाङ र जनप्रतिनिधिबीच चर्काचर्की

काठमाण्डाै – बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप...
नागरिकको सन्तुष्टि बढाउने सरकारको कार्ययोजना

नागरिकको सन्तुष्टि बढाउने सरकारको कार्ययोजना

काठमाण्डौ — सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने ...
विदेशमा रहेका नेपालीको मताधिकारबारे निर्वाचन आयोगले शुरु गर्यो अध्ययन

विदेशमा रहेका नेपालीको मताधिकारबारे निर्वाचन आयोगले शुरु गर्यो अध्ययन

काठमाडौँ विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । आयोगले २०६७ र २०७३ सा...