अनेमसंघ रूपन्देहीको ११औँ सम्मेलन सम्पन्न: स्थानीय तहमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड


​बुटवल
अखिल नेपाल महिला संघ (अनेमसंघ) रूपन्देहीको ११ औँ जिल्ला सम्मेलन “सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ बुटवलमा सम्पन्न भएको छ।
​ ​कार्यक्रममा अनेमसंघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य टुकाभद्र हमालले महिलाहरूलाई अब ३३ प्रतिशत अधिकारले मात्र नपुग्ने बताईन् । “स्थानीय तह र पालिकास्तरका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिताले पूर्णता पाउनुपर्ने , यसलाई आगामी २०८४ को चुनावबाटै व्यवहारमा लागू गर्नुपर्छ ।”
हमालले बालिका गरिमा चौधरीको हत्यारालाई हदैसम्मको कारबाही गर्न माग समेत गरेकी थिइन् । उनले महाधिवेशन र अधिवेशनको जनादेशलाई अवमूल्यन गर्दै छोटो अवधिमै पुनर्गठनको नाममा पार्टीभित्र अस्थिरता ल्याउन नहुनेमा जोड दिँदै अहिलेकै अवस्थामा पार्टी र संगठनलाई एकढिक्का बनाएर लैजानुपर्ने धारणा व्यक्त गरिन्।
​सम्मेलनमा अनेमसंघ केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज बिना ज्ञवालीले तल्लो तहसम्म संगठन विस्तार गर्दै महिलाको समान र नेतृत्वदायी सहभागिता सुनिश्चित गर्न अनेमसंघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाईन्। त्यसैगरी, अनेमसंघ स्थायी कमिटी सदस्य तथा नेकपा एमाले रूपन्देही इन्चार्ज ज्ञानु केसीले पार्टी र भ्रातृ संगठन मजबुत भएमा मात्रै जनताका मुद्दाहरू सशक्त रूपमा उठ्न सक्ने बताइन् ।
​नेकपा एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थिले एमालेले महिला नेतृत्व विकास र अधिकारका पक्षमा सधैँ अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । अनेमसंघ रूपन्देहीका अध्यक्ष विष्णु केसीले तमाम चुनौतीका बाबजुद रूपन्देहीमा अनेमसंघले महिला अधिकारका पक्षमा निरन्तर काम गरिरहेको र सम्मेलनका निर्णयहरूलाई एकजुट भएर कार्यान्वयनमा लैजाने बताईन् ।
कार्यक्रममा संगठनमा पुर्‍याएको योगदानको कदर गर्दै अनेमसंघका पूर्व अध्यक्ष मधुकला कुवरलाई समेत विशेष सम्मान गरिएको थियो। ​सम्मेलनको बन्द सत्रमा अध्यक्षको तर्फबाट प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट देवकी खरेललेप्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।अनेमसंघ रूपन्देहीका अध्यक्ष विष्णु केसीको अध्यक्षता , सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा सम्पन्न सम्मेलनमा राजनीतिक, साङ्गठनिक तथा महिला अधिकारका विविध विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा अञ्जु श्रेष्ठ, मञ्जु ज्ञवाली र शुभेच्छा पन्थीलगायतले शुभकामना दिएका थिए ।

छुटाउनुभयो कि ?

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

बुटवलआश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्व...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वा...
सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग...