आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने


काठमाडौं
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।

मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री भएयता शाहले पहिलोपटक नियमानुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन् । सांसदहरुले लामो समयदेखि उनको खोजी गरिरहेका थिए ।
बैठकमा मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्ने, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

छुटाउनुभयो कि ?

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

आज सोह्र श्राद्ध समापन गरिँदै, भोलिदेखि बडादसैँ सुरुवात

बुटवलआश्विन कृष्ण औँसीका अवसरमा आज दिवंगत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदै छ। आश्व...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वा...
सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

सरकारले निजी क्षेत्रको आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ

बुटवलनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग...