राजनीति

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँविज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो पुँजीगत बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्न सुझाव दिए । ‘इनोभेटिभ आइडिया’ भएको जनशक्तिलाई सिर्जनात्मक कार्य गर्न उपयुक्त वातावरणसहितको स्रोतसाधन उपलब्ध गराउनु नै नवप्रवर्तन भएको बताउँदै मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेको धारणा व्यक्त गरे ।सरकारले औद्योगीकरण र अर्थतन्त्रमा सुधारमा जोड दिने बताउँदै उनले बजेटको एक प्रतिशत रकम विनियोजन अहिलेको लागि पर्याप्त रहेको विचार व्यक्त गरे । नवप्रवर्तन...
बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको ध्यानाकर्षण

बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको ध्यानाकर्षण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् ।‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।साथै, उनले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।‘इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने रोड, यसले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनुपर्छ । तर ...
सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो । यस विषयमा उत्तर चाहिएको छ । सडक सुरक्षा विधेयक बनेको पाँचट वर्ष हुँदा पनि संसद्मा पेस गर्न सकेको छैन ।’यातायात मन्त्रालयको जिम्मेवारी घटाउने विषय उठिरहेको अवस्थामा यसलाई गम्भीर रूपमा लिनुपर्ने उ...
रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रुपन्देहीबाट पनि फिर्ता

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रुपन्देहीबाट पनि फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलरुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ। अदालतको यो निर्णयसँगै रविसहित जीवी राई र कुमार रम्तेललगायतका व्यक्तिहरू सहकारी ठगीबाहेकका अन्य अभियोगबाट मुक्त भएका छन्। सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दालाई भने यथावत् राख्दै पछि थपिएका दुई अभियोग फिर्ता लिने आदेश गरेको हो। रुपन्देहीका सरकारी वकिल कार्यालयका प्रमुख प्रकाश मरासिनीका अनुसार महान्याधिवक्ताको कार्यालयबाट प्राप्त परिपत्र र पर्याप्त प्रमाणको अभावमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरिएको हो। यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि लामिछानेविरुद्धका सहकारी ठगीबाहेकका अभियोग फिर्ता लिइसकेका छन्। हाल देशभरका ५ वटा अदालतमा...
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् ।प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष २०८२\०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।सरकारले आगामी वर्षको बजेटमार्फत प्रदेश संरचनाको सुदृढीकरण, संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय सुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकत...
इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

इरानसँगको सम्झौतामा हस्ताक्षर हुन्छ : ट्रम्प

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् ।ट्रम्पको यो भनाइ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईसँग बाझिएको देखिन्छ । बघाइले यसअघि दस्तावेजहरुमा आइतबार हस्ताक्षर नहुने तर ‘आगामी दिनमा हुन सक्ने’ बताएका थिए । अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमा हमला गरेपछि मध्यपश्चिम क्षेत्र अशान्त छ । विश्वभर इन्धन ढुवानीको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द छ ।प्रत्यक्ष भेटघाटले लजिस्टिक चुनौतीहरू र प्रक्रिया अवरुद्ध हुने सम्भावना बढी भएकाले अधिकारीहरूले सम्झौतामा भर्चुअल हस्ताक्षरको योजना बनाइरहेको सीएनएनले जनाएको छ ।समझदारी पत्रले रूपरेखा कसरी कार्यान्वयन गर्ने र बाँकी रहेका...
राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा सडक सुरक्षा र पहिरो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । सडक सुरक्षाका लागि मात्रै ३४ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको बजेटमध्ये पहिरोको दिगो व्यवस्थापनका लागि मात्र ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालयलाई मर्ज गरेर पूर्वाधार विकास मन्त्रालय बनाएको थियो । तीनै मन्त्रालय मर्ज भएपछि यही मन्त्रालयमा सबैभन्दा धेरै ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ बजेट परेको छ । राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्न भन्दै पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुरु गर्न र यसको दिगो व्यवस्थापनका लागि सरकारले बजेटमा प्राथमिकता दिएको हो ।राजमार्गमा पह...
एमाले लुम्बिनीद्वारा जनस्तरमा पार्टी कमजोरीका कारण पत्ता लगाउन नेतृत्वको आग्रह

एमाले लुम्बिनीद्वारा जनस्तरमा पार्टी कमजोरीका कारण पत्ता लगाउन नेतृत्वको आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
रुपन्देहीनेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले आफ्नो पार्टीबाट प्रदेश अन्र्तगत विभिन्न पालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई सामुहिक प्रशिक्षणको आयोजना गरेको छ ।प्रदेश कार्यालय बुटवलमा शुक्रबार आयोजित यो प्रशिक्षणमा सहभागी जनप्रतिनिधिले आफ्ने क्षेत्रका सबल र कमजोरी पक्षका विषयमा नेतृत्वलाई सुनाएका थिए । उनीहरुले स्थानीय तहमा काम गर्दाका समस्या, पार्टी नेतृत्वबीच बढेका असमझदारीले झेल्नुपरेका चुनौती, निर्वाचनअघि भएका गठबन्धनले कार्यसम्पादनमा पारेका प्रभाव, कतिपय पालिकामा अल्पमतमा हुँदा कार्यान्वयन गर्न नसकेका विषय र कार्यअवधिको अन्तिम वर्षमा गर्नुपर्ने रणनीतिका विषयमा नेतृत्व तथा अन्य सहभागीलाई सुनाएका थिए भने पार्टी नेतृत्वले पार्टीको तर्फबाट उम्मेदार बनेर जितेपछि पार्टीसँगको सहकार्यका देखिएको कमजोरी, स्थानीय स्तरमा पार्टीको जनमत कम हुनुका कारण तथा अब पुरानो जनमत कसरी कायम गर्ने व...
बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

बुटवल उपमहानगरको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई प्राथमिकता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजकै दोस्रो बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो।नीति तथा कार्यक्रममा बुटवलको दीर्घकालीन सोच “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” लाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापारको समुन्नतिसँगै सूचना प्रविधिमैत्री, हरियालीयुक्त, सुरक्षित र सुशासित शहर निर्माणलाई प्राथमिकतामा राखिएको छ।नगरले “पढाइसँगै रोजगार” अभियानलाई थप विस्तार गर्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई विकासको मुख्य आधार बनाउने नीति अघि सारेको छ। बुटवललाई आर्थिक तथा पर्यटकीय क...
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ - सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध एकै दिन तीन वटा अदालतमा मुद्दा दायर भएको छ ।  हिजो जिल्ला अदालत काठमाण्डौ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो । जिल्ला अदालत काठमाण्डौमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरूद्ध मुद्दा दायर भएको छ । यसैगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जना जनाविरूद्ध पनि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।  सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । यसैगरी उच्च अदालत पाटनमा भट्ट, शाहिल अग्रवाल, शुलभ र शंकरलाल अग्रवालविरुद्ध बैङ्किङ कसुरको मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध नेपालको धितोपत...