प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान



बुटवल
सुनसरीको देवानगञ्ज घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा संयमता अपनाउन आग्रह गरेका छन् । उनले मंगलबार मध्यरातमा समाजिक संजाल फेसबुकबाट आह्वान गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


उनले पीडित परिवारको दुःख आफूले पनि महसुस गरेको उल्लेख गर्दै सरकारले छिट्टै न्याय, क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्ने बताएका छन् । शाहले सुरक्षाकर्मीको गोलीबाट नागरिकले ज्यान गुमाउनु र घाइते हुनु सामान्य घटना नभएको उल्लेख गर्दै यसको निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही हुने पनि बताएका छन् । सरकारले घटनाको गम्भीर समीक्षा गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने विश्वास पनि उनले उल्लेख गरेका छन् ।

शाहले घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको तर ती पुग्दो नभएको बताएका छन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा नभएको बताउँदै यसबारेमा अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा समेत उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले मृतकका परिवार र घाइतेलाई न्यायको अनुभूति गराउन सरकारले प्रभावकारी कदम चाल्ने बताउँदै सबैलाई आक्रोश, बदलाको भावना र उत्तेजनाबाट टाढा रहन पनि उनले आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो,’ उनले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा भए पनि तुष, रिस, डर र आक्रोश हटाऔँ। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नबनौँ। सुरक्षित र संयमित भएर बसौँ। एक अर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ ।’

उनको आग्रह जस्ताको तस्तै:
नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए ।

प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।

यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ती पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको छ । तपाईँहरूले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकारबारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यही हो ।

मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।

फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एक अर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ।

छुटाउनुभयो कि ?

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

काठमाडौँप्रतिनिधिसभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै ...
प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

प्रधानमन्त्री शाहद्वारा सुनसरी घटनाप्रति मध्यरातमा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न आह्वान

बुटवलसुनसरीको देवानगञ्ज घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा संयमता अपनाउन आग्रह गरेका छन् । उनले मंगलबार मध्यरात...
लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...