राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

काठमाडौँ
राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।

यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ।
समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ।

समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ।

छुटाउनुभयो कि ?

पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

काठमाडौंविश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक...
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

काठमाडौँराष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्ब...
देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

काठमाडौँसुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ ।...
प्रतिनिधि सभाको बैठक- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो: प्रचण्ड

प्रतिनिधि सभाको बैठक- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो: प्रचण्ड

काठमाडौंनेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन् ।विहिबार प्रतिनिधि सभाको बै...