लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने



बुटवल
केन्द्रमा नेकपा एमाले र नेकपाबिच नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा पनि एमालेकै नेतृत्वमा सरकारलाई निरन्तरता दिइने भएको छ। मुख्यमन्त्रीमा वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले नै निरन्तरता पाउने निर्णय भएको छ।

मुख्यमन्त्री आचार्यले कुरा गर्दै केन्द्रबाट आफूलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय भएको जानकारी दिए। केन्द्रको सहमतिपछि अब नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।
सरकार गठनसँगै मन्त्री चयनको प्रक्रिया पनि सुरु भएको छ। नेकपाका तर्फबाट प्रमुख सचेतक इन्द्रजित थारु, दीपेन्द्र पुन र नरमाया ढकाल मन्त्रीका प्रमुख दाबेदारका रूपमा रहेका छन्। नेकपा संसदीय दलका नेता जोखबहादुर महराले एमालेले मुख्यमन्त्रीको टुङ्गो लगाएसँगै मन्त्रालय बाँडफाँटबारे गठबन्धन दलबिच औपचारिक छलफल सुरु भएको बताए।

यद्यपि लुम्बिनी प्रदेशसभाको अङ्कगणितका कारण सरकार गठनका लागि साना दलको समर्थन आवश्यक पर्ने अवस्था रहेको छ। ८७ सदस्यीय प्रदेशसभामा हाल ८३ जना सांसद कार्यरत छन्। सरकार गठनका लागि आवश्यक ४२ मत पुर्‍याउन एमालेका २९ र नेकपाका १३ सांसदको सङ्ख्या मात्र पर्याप्त नहुने भएकाले साना दल वा स्वतन्त्र सांसदको समर्थन अनिवार्य देखिएको छ।

यसैबिच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नयाँ सरकारलाई समर्थन गर्ने सङ्केत दिएको छ भने जनता समाजवादी पार्टी (नेपाल) पनि सरकारमा सहभागी हुने तयारीमा रहेको स्रोतहरूले बताएका छन्।
अब मुख्यमन्त्रीको निरन्तरतासँगै सत्ता साझेदार दलबिच मन्त्रालयको भागबन्डा टुङ्ग्याएर नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ।हाल लुम्बिनी प्रदेशमा १२ मन्त्रालयबाट हाल मुख्यमन्त्री सहित ८ मन्त्रालय कायम गरिएको छ।

छुटाउनुभयो कि ?

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । बालमैत्री वातावरणमा ब...
आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

काठमाडौँभदौ लागेसँगै गाउँघरमा तीजका गीत घन्किन्थे । दिदीबहिनीहरू माइती जाने तयारीमा जुट्थे । दाजुभाइ चेलीबेटीलाई लिन जाने ...
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौंबेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उन...
सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...