भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?



काठमाडौँ
सामाजिक सञ्जाल र केही डिजिटल सञ्चारमाध्यमले धार्मिक-सामाजिक सद्भाव भड्काउने तथा त्रास फैलाउने भ्रामक सामग्री सम्प्रेषण गरेपछि प्रेस काउन्सिल नेपालले कारबाही थालेको छ । अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ ।

काउन्सिलले हालै सार्वजनिक गरेको मिडिया अनुगमन विवरणअनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएको थियो । काउन्सिलको कडा निर्देशनपछि तीमध्ये १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन् । तर, ‘एचटीपी खबर’ नामक अनलाइनले भने नियामक निकायको निर्देशनलाई अटेर गर्दै सामग्री नहटाएपछि थप कारबाहीको प्रक्रिया अघि बढाइएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले बताए ।

पटकपटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्ने ‘नेपालतन्त्र’ नामक फेसबुक पेज र निरन्तर झुटो जानकारी प्रवाह गर्ने ‘अनलाइनपत्रिका’ लाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ ।
दर्ता प्रक्रियामै नआई सञ्चालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अन्य ७ वटा सामाजिक सञ्जालका पेजविरुद्ध भने आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरोमा पत्र पठाएको काउन्सिलले जनाएको छ ।
सुनसरीको देवानगन्जमा गत आइतबार दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावले सिंगो जिल्ला मात्र नभई तराई मधेशका अन्य जिल्लाको शान्ति सुरक्षालाई प्रभावित बनाएको छ । दुई समूहबीचको सामान्य विवादले उग्र रूप लिएर झडप, तोडफोड र आगजनीको अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले कर्फ्यु नै जारी गर्नुपरेको छ । यद्यपि, घटनास्थलमा भन्दा पनि सामाजिक सञ्जालमा भइरहेको भ्रामक सूचनाले सुरक्षा निकायलाई स्थिति सामान्यीकरण गर्न थप चुनौती थपिदिएको छ ।
प्रेस पनि देशको समग्र शक्तिको एक हिस्सा भएकाले संकटको समयमा राज्यको मात्र मुख ताकेर नबसी जवाफदेही बनाउनुपर्ने दायित्व रहन्छ । सञ्चार माध्यम आतंक फैलाउने माध्यम होइन, शान्तिको माध्यम बन्नुपर्छ । प्रेस पनि देशको समग्र शक्तिको एक हिस्सा भएकाले संकटका बेला राज्यलाई जवाफदेही बनाउने काम गर्नुपर्छ।

छुटाउनुभयो कि ?

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । बालमैत्री वातावरणमा ब...
आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

काठमाडौँभदौ लागेसँगै गाउँघरमा तीजका गीत घन्किन्थे । दिदीबहिनीहरू माइती जाने तयारीमा जुट्थे । दाजुभाइ चेलीबेटीलाई लिन जाने ...
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौंबेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उन...
सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...