देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति



काठमाडौँ
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबिच बिहीबार राति औपचारिक सम्झौता भएको हो ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।
मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने दुई पक्षबिच सहमति भएको छ ।
त्यस्तै मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने , घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरूलाई यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
सम्झौता पत्रमा पीडित परिवारको तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।
मृतक द्वयको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने भएको छ ।

छुटाउनुभयो कि ?

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँनेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित नि...
असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

श्रीराम ज्ञवालीसमाजको ऐना र लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता आज एक गम्भीर नैतिक सङ्कट र व्यावसायिक विचलनको मोडमा उभिएक...
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का हुंदै

काठमाडौंवैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत लामो समयदेखि फरार रहेका आरोपितको बैंक खाता तथा सम्पत...
औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

औषधी व्यवसायी संघको राष्ट्रिय अधिवेशन स्थगित

काठमाडौँनेपाल औषधि व्यवसायी सङ्घ (एनसीडीए) को १५औँ राष्ट्रिय अधिवेशन, ५३औँ केन्द्रीय वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया...