ताजा अपडेट

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक गरेको युवाको रोजगारीसम्बन्धी नयाँ प्रतिवेदन ‘ग्लोबल इम्प्ल्वाइमेन्ट ट्रेन्ड्स फर युथ–२०२६’ ले पनि सुस्त आर्थिक वृद्धि र पर्याप्त रोजगारी सिर्जना नहुँदा युवाका लागि श्रम बजार प्रवेश थप कठिन बन्दै गएको जनाएको छ । सीप छ तर बजारले चिन्दैन राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक करोड ५७ लाख (६५.५ प्रतिशत) व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिका रूपमा गणना गरिएको छ । त्यसमा ८२ लाख पुरुष र ७५ लाख महिला छन् । आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह २५–२९ वर्षका १९ लाख जना छन् । यस्तै, २०–२४ वर्षका १८ लाख, ३५–३९ वर्षका १७ लाख ८० हजार छन् । यही २०–३९ वर्षका श्रम श...
प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् । उनले कानुन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।“उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,” उनले भने, “आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके । तर पुष्टि नभएसम्म करार गर्न हुँदैन । यो गम्भीर विषय थियो–कहाँ गएर भनौँजस्तो लागेको थियो ।” ...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन आगामी असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।बैठकमा कोषाध्यक्ष बसन्तप्रसाद ढकालले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८३–०८४ को लागि आयव्यय स्वीकृत भएको छ । संघका कोषाध्यक्ष ढकाल संयोजक रहेको बजेट तर्जुमा समितिले निर्माण गरेको आयव्यय कोषाध्यक्ष ढकालले बैठकमा प्रस्तुत गरेका थिए ।त्यसैगरी संघले सैनामैना र देवदहमा सञ्चालन स्वीकृति पाएको डि.जि.एम. परियोजना सञ्चालनका लागि सह–परियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त सह–परियोजना व्यवस्थापन समितिमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, मलमल...
युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंछ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँदै विश्वभर पुर्‍याउने र सबैभन्दा बढी मूल्य दिने देशहरूलाई बेच्ने। तर इरानसँगको युद्धपछि यो व्यापारिक मोडल फेरिएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी लगातार प्रभावित भइरहेको छ। समुद्री बारुदी सुरुङ, मिसाइल र ड्रोन आक्रमणको खतरा, अमेरिका र इरानको नाकाबन्दी तथा बढेको बिमा लागतका कारण यस बाटोबाट हरेक दिन आवतजावत हुने कच्चा तेल २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा सीमित भएको छ।यसैकारण साउदी अरब, युएई र कुवेतसहित धेरै खाडी देशहरू अब होर्मुजमाथिको निर्भरता कम गर्न लागिपरेका छन्। नयाँ पाइपलाइनहरू बिछ्याइँदै छन्, पुराना लाइनहरूको क्षमता बढाइँदै छ र एसियामा तेल भण्डारण तयार गरिँदै छ।यस परिवर्तनको सबैभ...
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
रोल्पारोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको हो ।पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ ।पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्। पहिरोमा परी बेपत्ता भएका अन्य पाँच जनाको शव भने प्युठानमा फेला परेको हो। फेला परेका शवमध्ये थबाङ गाउँपालिका–५ कोटलबाराका कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, सोही ठाउँका ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भनिने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन् । ...
ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा नियोपोलीस युनिभर्सिटी पाफोस, साइप्रसको सहजीकरणमा साइप्रसमा उच्च शिक्षाका अवसर, शैक्षिक गुणस्तर तथा नेपाली विद्यार्थीहरूको सम्भावनाबारे केन्द्रित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा साइप्रसमा उच्च शिक्षाको बढ्दो आकर्षण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त शैक्षिक प्रणाली, अनुसन्धानमुखी अध्ययन, आधुनिक शिक्षण पद्धति तथा अध्ययनसँगै प्राप्त हुने अन्तर्राष्ट्रिय अवसरका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी शैक्षिक परामर्श व्यवसायीहरूले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय र विश्वसनीय शैक्षिक गन्तव्य छनोट गर्न आवश्यक जानकारी आदानप्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले विश्वस्तरीय शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि साइ...
रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
बुटवल — बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित साँग्रिला पथमा सञ्चालित रारा मसला उद्योगबाट निस्कने धुलो, धुवाँ, मसलाको खार तथा ध्वनि र कम्पनका कारण स्वास्थ्यमा असर परेको भन्दै स्थानीय बासिन्दाले उद्योग स्थानान्तरणको माग गरेका छन्।लामो समयदेखि उद्योगबाट हुने प्रदूषणका कारण समस्या भोग्दै आएको स्थानीयको गुनासो छ। पटक–पटक उद्योग सञ्चालकलाई समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीयले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा लिखित उजुरी दिएका थिए।उजुरीपछि न्यायिक समितिले दुवै पक्षबीच छलफल गराउनुका साथै गत असार २६ गते उद्योगको स्थलगत अनुगमन गरेको थियो। तर, अनुगमन प्रभावकारी नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै साउन २५ गते जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय, भैरहवामा ध्यानाकर्षणपत्र बुझाएका थिए।त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयको टोलीले साउन २८ गते उ...
उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघ र लुम्बिनी प्रदेशका सचिव स्तरीय टोलीबीच प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी अन्तरक्रिया भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले उद्योगको आवश्यकता र बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमकार्यक्रमलाई उद्योगसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिए। उनले उद्योग क्षेत्रमा आवश्यक सीप र जनशक्तिको पहिचान गरी सोहीअनुसार तालिम सञ्चालन गर्न सके युवालाई रोजगारीसँग जोड्न सहज हुने बताए।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउँदै टिभेटकार्यक्रमलाई परिणाममुखी बनाउन सरकार,...
तिलोत्तमामा सिद्धार्थनगरपालिकाको गाडी दुर्घटना, मेयर इश्तियाक घाइते

तिलोत्तमामा सिद्धार्थनगरपालिकाको गाडी दुर्घटना, मेयर इश्तियाक घाइते

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमामा सिद्धार्थनगर नगरपालिकाको गाडी दुर्घटना हुँदा सिद्दार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ घाइते भएका छन् ।बिहिवार तिलोत्तमा १५ कोटीहवामा बुटवलबाट भैरहवा जाँदै गरेको सरकारी नम्बरको बिएएए ०९५३ गाडी अनियन्त्रित भई डिभाइडरमा ठोक्किन जाँदा उनी सामान्य घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी कृष्णकुमार चन्द्रका अनुसार मेयरको टाउकोमा सामान्य चोट लागेको छ । उनको अहिले भैरहवाको भिम अस्पतालमा उपचार भैरहेको छ । उक्त गाडीमा मेयर र गाडी चालक मात्रै रहेका थिए । चालकलाई भने सकुशल रहेका छन । तीब्र गतिमा रहेको उक्त गाडी अनियन्त्रित भई सडकको अर्को तर्फको डिभाइडरमा ठोक्किन पुगेको थियो । ...
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंपत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो। आज श्रेष्ठलाई थुनामुक्तको मागसहित नेपाल बार अध्यक्ष डा. विजय मिश्र, शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आर.सी. गौतम, राधिका खतिवडा, अर्जुन खड्का, बद्री भुसालले बहस गरेका थिए।श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्...