युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू


काठमाडौं
छ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँदै विश्वभर पुर्‍याउने र सबैभन्दा बढी मूल्य दिने देशहरूलाई बेच्ने। तर इरानसँगको युद्धपछि यो व्यापारिक मोडल फेरिएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी लगातार प्रभावित भइरहेको छ। समुद्री बारुदी सुरुङ, मिसाइल र ड्रोन आक्रमणको खतरा, अमेरिका र इरानको नाकाबन्दी तथा बढेको बिमा लागतका कारण यस बाटोबाट हरेक दिन आवतजावत हुने कच्चा तेल २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा सीमित भएको छ।
यसैकारण साउदी अरब, युएई र कुवेतसहित धेरै खाडी देशहरू अब होर्मुजमाथिको निर्भरता कम गर्न लागिपरेका छन्। नयाँ पाइपलाइनहरू बिछ्याइँदै छन्, पुराना लाइनहरूको क्षमता बढाइँदै छ र एसियामा तेल भण्डारण तयार गरिँदै छ।
यस परिवर्तनको सबैभन्दा ठूलो उदाहरण युएई हो। यूएईको अर्थतन्त्र धेरै हदसम्म व्यापार र समुद्री मार्गहरूमा निर्भर छ। तर होर्मुज सङ्कटको सबैभन्दा बढी असर पनि उसैलाई परेको छ। त्यसैले अब युएईले यस्ता नयाँ बाटाहरू तयार गरिरहेको छ, जहाँबाट व्यापार र तेल निर्यात होर्मुज स्ट्रेटमा निर्भर नहोस्।
अहिले यूएईले विकल्पमा मूलतः तीन काम गरिरहेको छ- नयाँ पाइपलाइन निर्माण, क्षमता विस्तार र ग्यास व्यापारमा लगानी ।

ओमानको खाडी किनारमा अवस्थित फुजैरामा दोस्रो तेल पाइपलाइनको काम द्रुत गतिमा भइरहेको छ। यो पाइपलाइनले आबुधाबीका तेल क्षेत्रहरूलाई सिधै फुजैरासँग जोड्नेछ, जसले गर्दा ट्याङ्करहरूलाई होर्मुजबाट गुज्रिनुपर्ने बाध्यता हट्नेछ।

आयोजना पूरा भएपछि होर्मुज स्ट्रेटलाई ‘बाइपास’ गरेर तेल निर्यात गर्ने युएईको क्षमता बढेर दैनिक ३६ लाख ब्यारेल पुग्नेछ। अर्थात् आबुधाबीको लगभग सम्पूर्ण ‘अनसोर’ तेल होर्मुज स्ट्रेटमा प्रवेश नगरी सिधै अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिनेछ। अनसोर तेल भन्नाले जमिनमा रहेका तेल क्षेत्रबाट निकालिएको कच्चा तेल हो, जबकि अफसोर तेल समुद्रभित्रका कुवाबाट निकालिन्छ।

युएईले तेल मात्र नभई ग्यास व्यापारलाई पनि सुरक्षित बनाउन लागिपरेको छ। यसको सरकारी कम्पनी एडनोकले प्राकृतिक ग्यास परियोजनाहरूमा ८.२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।
साथै, पूर्वी तटमा नयाँ एलएनजी निर्यात टर्मिनल बनाउने योजना छ, ताकि भविष्यमा ग्यास निर्यात पनि होर्मुज स्ट्रेटमा कम निर्भर होस्।

छुटाउनुभयो कि ?

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

काठमाडौंछ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँ...
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पारोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोले घर तथ...
ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

रुपन्देहीनेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा नियोपोलीस युनिभर्सिटी पाफोस, साइप्रसको सहजीकरणमा साइप्रसमा...
रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

बुटवल — बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित साँग्रिला पथमा सञ्चालित रारा मसला उद्योगबाट निस्कने धुलो, धुवाँ, मसलाको खार तथा ...